• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वीरगञ्जका मेयर भन्छन्– कोरोनासँग लड्न बजेट सकियो

  • वीरगंज संजाल
  • May 23, 2020, 11:24 am
  • ६८९०

    वीरगञ्ज । पर्सामा वैशाख ३० मा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएयता पीसीआर किट र भीटीएम अभावले कोरोना परीक्षण तीब्र रुपमा हुन सकेको छैन । कन्ट्याक ट्रेसिङ गरिएका व्यक्तिहरुको समेत परीक्षण हुन नसक्दा संक्रमण फैलिने खतरा कायमै छ । ट्रेसिङ गरिएको एकसाता बित्दासमेत परीक्षण नभएपछि उनीहरु आक्रोश र निरासा पालेर क्वारेन्टाइनमा बसिरहेका छन् ।

    पर्सामा अहिलेसम्म कुल संक्रमितको संख्या ९१ जना छ । पुष्टि भएकामध्ये तीन जना भारतीय नागरिक छन् भने ८८ जना नेपाली छन् । तीन जना भारतीय नागरिकलाई वैशाख १४ गते डिस्चार्ज गरिएको थियो । तर एक जना भारतीयमा पुनः संक्रमण देखिएपछि उनलाई फेरि अस्पताल भर्ना गरिएको छ ।

    वीरगञ्जस्थित नारायणी अस्पताल र गण्डक कोभिड अस्पतालमा पर्सासहित अन्य जिल्लाका संक्रमित गरी ९६ जना उपचाररत छन् । प्रदेश २ का लागि वीरगञ्ज कोरोना संक्रमित बिरामीहरुको उपचार केन्द्र नै बन्न पुगेको छ । तर केन्द्र र प्रदेशले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग नगरेको गुनासो वीरगञ्ज महानगरका प्रमुखले गर्दै आइरहेका छन् ।

    कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयासबारे अनलाइनखबरकर्मी सुरेश विडारीले वीरगञ्ज महानगरका मेयर विजयकुमार सरावगीसँग गरेको कुराकानीको सम्पादित अंश :

    कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महानगरले कसरी काम गरिरहेको छ ?

    महानगरले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । सुरुवातमा वीरगञ्जस्थित नारायणी अस्पतालमा ५ बेडको मात्रै आइसोलेसन वार्ड थियो । अहिले त्यसलाई विस्तार गरेर ७० बेड पुर्‍याएका छौं । संक्रमितको चाप बढेपछि सिद्धार्थ माविमा पनि सेमी आइसोलेसन वार्डको विस्तार गर्‍यौं । कोरोना संक्रमितको उपचारका लागि अहिले गण्डक कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौं ।

    गण्डक कोभिड अस्पतालको व्यवस्थापन चाहिँ कसरी भइरहेको छ ?

    कोभिड अस्पताल सञ्चालन गर्ने हाम्रो क्षमता होइन । तर पनि महानगरले हिम्मत गरेर कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । सम्पूर्ण आर्थिक व्ययभार महानगरले नै व्यहोर्ने गरी ७० बेडको क्षमता भएको अस्पताल सञ्चालनमा ल्याएका हौं ।

    वीरगञ्जमा सम्भावित संक्रमितको कन्ट्याक ट्रेसिङको काम कसरी अगाडि बढेको छ ?

    कन्ट्याक ट्रेसिङका लागि जिल्ला स्तरीय एक कार्यदल गठन गरेका छौं । कार्यदलले त्यसको काम गरिरहेको छ । कार्यदलले ५०० भन्दा बढी व्यक्तिको ट्रेसिङ गरेको छ । उनीहरुलाई क्वारेन्टाइनमा ल्याएर राखेका छौं । केहीलाई ल्याउने तयारी भइरहेको छ । पीसीआर किट र भीटीएम अभावका कारण उनीहरुको परीक्षण हुन सकिरहेको छैन । समयमै परीक्षण नहुँदा संक्रमण फैलने डर भइसक्यो । क्वारेन्टाइनमा बस्नेहरुले हाम्रो परीक्षण कहिले हुन्छ भनेर हैरान पारिसकेका छन् । यस्तो अवस्था सिर्जना हुँदासमेत न त केन्द्रले किट पठाउछ न त प्रदेशले नै पठाउँछ ।

    त्यसो भए केन्द्र र प्रदेशले असहयोग गरेकै हो त ?

    तपाईं आफै बुझ्नुस् न । ट्रेसिङ गरेका व्यक्तिहरुको अहिलेसम्म परीक्षण हुन सकिरहेको छैन । एक साताभन्दा बढी भइसक्यो ट्रसिङ गरेको । यत्तिका दिनसम्म नेगेटिभ वा पोजेटिभ के छ भनेर थाहा नपाउँदा उनीहरुमा कसरी गुज्रिरहेका होलान् । उनीहरुमा कस्तो मानसिक असर पर्छ होला ? हामीले पटक पटक केन्द्र र प्रदेशमा यसबारे जानकारी गराएका छौं तर पनि सुनुवाई भइरहेको छैन ।

    महानगरले केन्द्र र प्रदेशको मात्रै मुख ताक्ने हो कि आफैंले पनि केही गर्छ ?

    केन्द्र र प्रदेशको मुख ताकेर बस्ने हो भने भोलि धेरै ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ । वीरगञ्ज कोरोनाको हटस्पट बन्दा समेत संघ र प्रदेशले बेवास्ता गरेकै हो । त्यसैले यस्तो जोखिमबाट बच्नका लागि महानगरकै पहलमा ५०० बेड क्षमताको आइसोलेसन वार्ड बनाउने बारेमा छलफल अघि बढाएको छु । कोरोना परीक्षणका लागि पीसीआर मेसिन, २० हजार थान परीक्षण किट लगायत अन्य स्वास्थ्य सामग्रीको व्यवस्थापनका बारेमा पनि छलफल भइरहेको छ । सहयोगका लागि सबैसँग अपिल पनि गरेको छु ।

    हुन त संकटलाई मध्यनगर राख्दै वीरगञ्जमा एक हजार क्षमतामा आइसोलेसन वार्ड बनाउनु जरुरी छ । तर त्यसको सम्पूर्ण व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्छ । हामीले २७० बेडको आइसोलेसन वार्ड सञ्चालन गर्दा नै खर्च धान्न गाह्रो भइसक्यो । अहिलेसम्म कहीँ कतैबाट एक रुपैयाँ सहयोग पनि आएको छैन । यदि व्यवस्थापनको जिम्मा केन्द्रले लिन्छ भने महानगरले त्यसमा पूर्णरुपमा सहयोग गर्छ । यहाँ उपचार गराउन आउने, क्वारेन्टाइनमा बस्ने सबै वीरगञ्ज महानगरका मात्रै नागरिक त हुँदैनन् नि ? महानगरले आफ्नो क्षमता भन्दा बढी त बहन गर्न सक्दैन नि बाबा ।

    त्यसो भए कोरोनासँग लड्न अब महानगरसँग बजेट छैन हो ?

    ठीक भन्नु भो । हामीसँग बजेट छैन । अर्को महिनाको लागि कर्मचारीलाई तलब खुवाउने बजेट पनि छैन । मासिक ८५ लाख खर्च भइरहेको छ । यसरी कति दिन धान्न सकिन्छ ? आइसोलेसन वार्ड र क्वारेन्टाइन स्थापना गर्न मोटो रकम लाग्यो । आइसोलेसन र क्वारेन्टाइनका लागि आवश्यक बेड, ओढ्ने, ओछ्याउने, खाना, खाजा लगायतको व्यवस्थापनमा खर्च भइरहेको छ । ट्रेसिङ लगायतको काममा पनि खर्च भइरहेको छ । त्यति मात्रै होइन, वीरगञ्ज भएर भारत जाने र नेपाल आउने मानिसलाई क्वारेन्टाइनमा राख्ने, बस्ने, खाने लगायतको व्यवस्थापन महानगरले नै गरिरहेकोछ ।

    क्वारेन्टाइनको चाहिँ कसरी व्यवस्थापन मिलाउनु भएको छ ?

    वीरगञ्जको विभिन्न पाँच स्थानमा रहेका क्याम्पस र विद्यालयहरुमा क्वारेन्टाइन स्थापना गरेका छौं । जसमा ५३७ बेडको क्षमता रहेको छ ।

    थप क्वारेन्टाइनका लागि हरेक वडाको विद्यालय प्रयोग गर्ने योजनामा छौं । अहिले विद्यालय खोल्ने अवस्था छैन । त्यसैले क्वारेन्टाइन स्थापना गर्नका लागि त्यति ठूलो चुनौती हो जस्तो मलाई लाग्दैन । त्यसैले अब हरेक वडाको विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउँछौं ।

    भारतमा मजदुरी गरी फर्कने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । उनीहरुको व्यवस्थापन कसरी गर्ने सोच बनाउनु भएको छ ?

    भारतबाट आउने नेपाली नागरिकलाई सिधै घर पठाउँदा संक्रमणका खतरा हुन्छ । त्यसैले उनीहरुलाई क्वारेन्टाइनमा राखेर तत्काल पीसीआर परीक्षणको व्यवस्था मिलाउनु आवश्यक छ । त्यही रिपोर्टको आधारमा मात्रै उनीहरुलाई घर पठाउने वा आइसोलेसनमा राख्ने भन्ने टुंगो लगाउनु पर्छ । जसले गर्दा भारतबाट आएका व्यक्तिहरुबाट संक्रमण फैलने खतराबाट जोगिन सकिन्छ ।

    सहयोगको लागि अपिल त गर्नुभएछ । तयारीचाहिँ कसरी गरिरहनुभएको छ ?

    मैले तयारी गरेरै सबैसँग सहयोगको अपिल गरेको हुँ । सबै पालिकाका प्रमुखहरुसँग छलफल पनि गरिसकेको छु । यो संक्रमणसँग लड्नका लागि गर्नुपर्ने तयारीका बारेमा अवगत पनि गराएँ र आफ्नो योजना पनि सुनाएको छु । उहाँहरु यसमा सकारात्मक हुनुहुन्छ । यस्तै वीरगञ्ज उद्योग वाणिज्य संघका केही पदाधिकारीसँग पनि छलफल गरेको छु ।

    थप आइसोलेसन वार्डको आवश्यकता महसुस किन गर्नुभयो ?

    लक्षण भएका नभएका सबैलाई एउटै आइसोलेन वार्डमा राख्दा थप खतरा बढ्न सक्छ । पछिल्लो पटक देखा परेका अधिकांश संक्रमितमा लक्षण देखा परेका छैनन् । यही कुरालाई मध्यनजर राखेर लक्षण नभएकालाई राख्न बढी बेडको आवश्यकता महसुस भएको हो । अर्को कुरा, भारतबाट धेरै नेपालीहरु फर्कने क्रममा छन् । भारतमा धेरै संक्रमितहरु देखिएकाले उताबाट हाम्रा नागरिकहरु बढी जोखिम मोलेर स्वदेश फर्किरहनुभएको छ । त्यसलाई पनि मध्यनजर राख्दा भोलि संक्रमण बढ्न सक्ने अवस्था नआउला भन्न सकिँदैन । संक्रमण देखापरेपछि आइसोलेसनका लागि ठाउँ खोज्ने, त्यसको व्यवस्थापन मिलाउने जस्ता काममा भुल्यौं भने ठूलो जोखिम मोल्नु पर्ने अवस्था आउन सक्छ ।अनलाइनखबर बाट |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑