• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ठोरीको सीमा आइपुगेकाहरूलाई भारततर्फ फर्काइयो

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०७७, सोमबार १५:४३
  • ३१८१

     पर्सा |  पर्साको ठोरी नाकामा आइपुगेका २४ जना नेपालीलाई भारततर्फ नै फिर्ता पठाइएको छ ।मुम्बईबाट मजदुरी गर्ने उनीहरु पाँच दिन लगाएर आइतबार ठोरीसँग सीमा नाका जोडिएको भिखना ठोरी आइपुगेका थिए । तर उनीहरुलाई भारततर्फ नै फिर्ता पठाइएको छ

    माथिल्लो तहबाट निर्देशन नआएकाले उनीहरुको उद्धार गर्न नसकिएको ठोरी गाउँपालिका–२ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका प्रहरी निरीक्षक दिपक दाहालले बताए ।

    कोरोना संक्रमितको संख्या बढेसँगै प्रशासनले जिल्लामा निषेधाज्ञा जारी गरेको छ । माथिको निर्देशन विना कसैलाई पनि प्रवेश अनुमति नरहेको उनले बताए ।

    फिर्ता पठाइएका उनीहरुलाई सीमावर्ती नाका भिखनाठोरीबाट ६ किलो मिटर दुरीमा रहेको भारतीय गाउँ धमौरास्थित एक विद्यालयको क्वारेन्टाइनमा लगिएको छ । आइतबार राति उनीहरु भारतीय सीमा सुरक्षा बलको टोली आँखा छलेर नेपाल प्रवेश गर्न खोजेका थिए । तर सशस्त्र प्रहरीले थाहा पाएपछि उनीहरुलाई पुनः एसएसबीको जिम्मा लगाएको थियो ।

    वैशाख ३१ गते मुम्बईबाट हिँडेका उनीहरु पाँच दिन लगाएर आइतबार सीमावर्ती बजार भिखना ठोरी आइपुगेका थिए । जसमध्ये चितवनका २१ जना , मकवानपुरका १ जना, नवलपरासीका १ जना र धनगढीका १ जना छ्न् ।

    माडीका नगर प्रमुख भन्छन्–स्थानीय प्रशासनले असहयोग गर्‍यो

    भारततर्फ पठाइएका २४ जना मध्ये २० जना चितवनको माडी नगरपालिकाका स्थानीय छन् ।

    आफ्नो गाउँका नागरिक नाकामा अलपत्र परेको थाहा पाएपछि माडीका नगरप्रमुख ठाकुरप्रसाद ढकाल ठोरी नाका पुगेका थिए । जिल्ला प्रशासन कार्यालय चितवनले पर्सासँग समन्वय गरेर आफू आफ्ना नागरिक लिन बताउँँदा पनि पनि सीमामा खटिएका सशस्त्र प्रहरीले अनुमति नदिएको उनको गुनासो गरे ।

    नगरप्रमुख ढकालले अनलाइनखबरसँग भने, ‘हाम्रो नागरिकलाई क्वारेन्टाइनमा लगेर राख्छौं । उहाँहरुलाई नेपाल आउन दिनुस् भनेर आग्रह गरेका थियौं । तर ठोरीमा खटिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षकले असहयोग गरे । सशस्त्र प्रहरीको यस्तो हर्कतप्रति माडी नगरपालिका घोर आपत्ति जनाउँछ ।’

    सुरक्षाकर्मीले नेपाली नागरिकलाई भारततर्फ नै पठाउनु अमानवीय व्यवहार भएको ढकालले बताए ।

    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने यसबारे आफूहरुलाई जानकारी नै नभएको प्रतिक्रिया दिए । बस्नेतले भने, ‘चितवन जिल्ला प्रशासनले हामीलाई पत्रलेखेर अनुरोध गरेको भए हामीले समन्वय गर्न सक्थ्यौं । तर चितवनबाट त्यस्तो जानकारी आएको मलाई थाहा छैन । सीमा नाकामै आइसकेका नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहले मापदण्ड अनुसारको क्वारेन्टाइनमा लगेर राख्ने प्रतिवद्धता आए पठाउन सकिन्छ ।’

    पीडित भन्छन्–अनागरिक व्यवहार भयो

    ठोरीको सीमामा आइपुगेका उनीहरु लकडाउनका कारण होटलहरु बन्द भएपछि समस्यामा पर्दै आएका थिए । भारत सरकारले बसमार्फत मजदुरहरुलाई घर फर्काउँदैछ भन्ने थाहा पाएपछि उनीहरु पनि नेपाल आएका थिए ।

    चितवनको माडी नगरपालिका–५ बरमपुरीका २७ वर्षीय लेखनारायण (राजन) लामिछानेले अनलाइनखबसँग भने, ‘मुम्बईदेखि भिखना ठोरीसम्म भारत सरकारले नै हामीलाई यहाँसम्म निशुल्क ल्याइदियो ।

    मुम्बई, गोरखपुर, मोतिहारी, नरकटियागंज हुँदै बसमार्फत हामीलाई पाँच दिन लगाएर नेपाल नाकासम्म ल्याइदियो । तर आफ्नै मुलुक आउने ढोकामा बार लगाइदियो । बिरानो मुलुकको नागरिक जसरी फेरि भारत नै फर्काइ दिएको छ । हामी आफ्नै मुलुकको लागि अनागरिक भयौं । हाम्रो चित्कार सुन्ने कोशिस गरेन ।’

    ‘भारतमा दिनप्रतिदिन कोरोना संक्रमितको दर बढ्दै गएका कारण मर्न परे पनि आफ्नै मुलुकमा गएर मरौं भनेर हामीले कठिनपूर्ण यात्रा तय गरेका थियौं,’ लामिछानेले भने, ‘आफ्नै मुलुक पस्ने ढोका हाम्रो लागि बन्द हुन्छ होला भनेर हामीले सोचेका पनि थिएनौं । जुन सोच्दै नसोचेको कुरा हामीले भाग्नु पर्‍यो ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑