• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेसबुके जुहारीमा अल्झीए मेयर सरावगी, भन्छन् “बुक हुन सक्छौ” !

  • वीरगंज संजाल
  • ५ जेष्ठ २०७७, सोमबार ११:०४
  • ५३२५

    वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी पुनः अर्को विवादमा अल्झीदै सामाजिक सञ्जालमा चर्चाका पात्र बनेका छन् ।

    नारायणी अस्पतालको आईसोलेशनमा रहेका बिरामीहरुलाई खान दिइएको गुणस्तरहीन खानाको विरोधमा सामाजिक सञ्जालमा लेखिएको एक पोष्टमा मेयर सरावगीको टिप्पणी(कमेन्ट) पछि विवाद सृजना भएको हो ।

    आईसोलेशनमा रहेका बिरामीहरुलाई दिइएको खानाको तस्बिर राख्दै एक युवकले मेयर सरावगीको फेसबुक पेजको टाईमलाईनमा ‘मेयर साब यस्तो खाना त तपाईकै घरमा बन्छ होला जस्तो लाग्छ मलाई त, आफुलाई मिठो लागेर नै तपाईले कोभिड १९ का बिरामीलाई खान दिनु भएको हो’ लगायतका अपमानजनक शब्दहरु पोष्ट गरेका थिए ।

    यो पोष्टमा नानाथरीका कमेन्ट आउन सुरु भयो ।

    देशकै आर्थिक राजधानी तथा प्रदेश २ का एक मात्र महानगरपालिकाको मेयर भएको समेत ख्याल नगरी उक्त पोष्टमा व्यक्तिगत प्रतिष्ठा माथि आँच आउने खालका थुप्रै वाक्यहरु लेखियो ।

    मानमर्दन हुने खालका शब्दहरु लेखिएको पोष्ट देखेपछि मेयर सरावगीले पनि आफुलाई थाम्न सकेनन् । र, त्यसपछि यहि पोष्टमा उनले गरेको टिप्पणी (कमेन्ट) हाल सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बनेको छ ।

    पोष्टको प्रतिवाद गर्दै उनले “बाबु पोष्ट डिलिट गर्नु नत्र ६ महिना बुक हुन सक्छौ किनभने यो खाना नगरपालिकाले सप्लाई गरेको होईन ।” भनेर टिप्पणी (कमेन्ट) लेख्दिए ।

    उनको यो कमेन्टमा प्रयोग भएको शब्द बुक हुन सक्छौ हाल सामाजिक सञ्जालमा व्यापक ट्रोल भईरहेको छ । यस क्षेत्रका ट्रोल पेज तथा युवाहरुले उक्त शब्दलाई जोडेर फेसबुकमा थुप्रै व्यंग्य बनाईरहेका छन् ।

    उनको कमेन्टको जबाफमा यहाँका केही युवाहरुले जनता र मेयर को पावर हेरौँ समेत भन्न भ्याए ।

    मेयर सरावगीले पुनः अर्को कमेन्ट अंग्रेजीमा थपे । उक्त अंग्रेजी कमेन्टको भावानुवाद गर्दा “पहिला अनुसन्धान गर्नुस् अनि लेख्नुस् । पहिला राम्रो मानिस बन्नुस् । धेरै मानिसको सोच गलत दिशामा मोडिएको छ ।”

    माथि उल्लेखित सबै क्रियाकलाप मेयर सरावगीको व्यक्तिगत फेसबुक एकाउन्टबाट नभई उनको फेसबुक पेजबाट गरिएको छ । हाल उक्त पोष्ट डिलिट गरिसकिएको छ ।

    महामारीका बेला रोकथाम तथा नियन्त्रणका कार्यलाई सशक्त बनाउन बाहेक यस्ता फेसबुके जुहारीमा अल्झीनु जिल्लाका नेतृत्वकर्ताका लागि शोभनिय नभएको यस क्षेत्रका बुद्धिजिवीहरु बताउँछन् । नेतृत्वकर्ताले आफुमाथि लागेका आक्षेपका जबाफ सशक्त कर्म गरेर दिनुपर्छ भन्ने मान्यता छ ।

    आईसोलेशनमा दिइएको खानाका बारे एक सञ्चारकर्मी सँग कुराकानी गर्दै महानगरका मेयर सरावगीले आईसोलेशनमा दिइने खानाको जिम्मा नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायको भएको बताए । खानाको व्यवस्थापनमा लाग्ने खर्च आफुले मेसु लाई हस्तान्तरण गरिसकेको उनको भनाई छ ।nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑