वीरगंज |कोरोना भाइरसको संक्रमणका कारण विश्वमा तीन लाखभन्दा बढी मानिसको मृत्यु भइसककेको छ।
विश्वमा पहिलोपटक जब चीनमा यो भाइरस देखियो तब अमेरिकी विश्वविद्यालय जोन हप्किन्स युनिर्भिसिटीले त्यसको जानकारी राखिरहेको छ। यो युनिभर्सिटीको तथ्यांकअनुसार विश्वमा अहिलेसम्म कोरोनाबाट ४४ लाख २६ हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्। तीमध्ये १५ लाख बिरामी निको भइसकेका छन्।
यसै क्रममा जोन हप्किन्स युनिर्भिसिटीको तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी मृत्यु हुने ५ देश यस्ता छन्ः १. अमेरिकाः मृत्यु- ८५ हजारभन्दा बढी, संक्रमित- १४ लाख १३ हजार,
२. ब्रिटेनः मृत्यु- ३३ हजार ६ सय १४, संक्रमित- २ लाख ३४ हजार,
३. इटलीः मृत्यु- ३१ हजार ३ सय ६८, संक्रमित- २ लाख २३ हजार,
४. फ्रान्सः मृत्यु- २७ हजार ३ सय, संक्रमित- १ लाख ७९ हजार
५. स्पेन: मृत्यु- २७ हजार ३ सय, संक्रमित- २ लाख २९ हजार