• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउनमा प्रभावितलाई थप पिडा दिदै पर्सा प्रहरी

  • वीरगंज संजाल
  • १६ बैशाख २०७७, मंगलवार ०१:०३
  • ७६५५

    वीरगन्ज | सरकारले कोरोना भाइरस कोभिड १९ को संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि लागु गरेको लकडाउनले जनजिवन पूर्ण रुपमा प्रभावित भएको छ । लकडाउन लगायत थपिदै जाँदा दैनिक ज्यालादारी तथा अतिविपन्न परिवारको जनजीवनमा प्रभावित हुन थालेको छ ।

    गत चैत १० गते सरकारले देशको प्रमुख चीन र भारत संग जोडिएको नाका बन्द गरेको घोषणा गरेको थियो । त्यसको भोली पल्ट चैत्र ११ गते बिहान ६ बजेदेखि देशभरीनै लकडाउनको घोषणा गरेको थियो । प्रत्येक साता लकडाउन थपिदै जाँदा बैशाख २५ गतेसम्म लकडाउन रहने सरकारले घोषणा समेत गरी सकेको छ ।

    लकडाउनबाट प्रभावितले आफनो जीवनसंग संर्घष गरीरहेको बेला पर्सा प्रहरीले भने, प्रभावितलाई झन पिडा थप्ने काम गरीरहेको छ ।

    वीरगन्जको घण्टाघर चौकमा आसपास रहेको वित्तिय संस्था तथा औषधी पसलहरुमा औषधी तथा रकम झिक्न जिल्लाको ग्रामिण भेगबाट आउँने सर्वसाधारणलाई थप पिडा थप्ने काम प्रहरीले गरीरहेको हो ।

    सरकारले उपलब्ध गराउँदै आएको समाजिक सुरक्षा भत्ता लिन वीरगन्ज आउँने एकमहिला देखि लिएर जेष्ठ नागरिकलाई समेत पिडा थप्ने काम गरीरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक लक्ष्मण गिरीले समाजिक सुरक्षा भत्ता लिन घण्टाघर स्थित रहेको कृषि विकास बैकमा आउँदा लकडाउनको बहानामा मोटरसाईकल खोसेर पिडा माथि पिडा थप्ने काम गरेको खुलेको हो ।

    वीरगन्ज महानगरपालिका वडा नम्बर १८ सौराहाका ७२ बर्षिय जंगी राय भार अरुको मोटरसाईकल माँगेर नाती संग समाजिक सुरक्षा भत्ता लिन सोमबार घण्टाघर स्थित कृषि विकास बैकमा पुगेका थिए । १ घण्टा लाईनमा बसेपछि रकम झिक्न उनको पालो आएको थियो ।

    रकम झिकेर बाहिर आउँना साथ बैक अगाडी उभेका प्रहरी निरिक्षक गिरीले प्रहरी लगाएर उनको मोटरसाईकल खोसे । करिब १० किलो मिटर दुरीबाट उनी रकम झिन वीरगन्जको घण्टाघर आईपुगेका थिए । प्रहरी भन्छन् लकडाउनमा मोटरसाईकल लिएर किन आएको हो, लकडाउन उलंघन गरेको आरोपमा मोटरसाईकल नियन्त्रणमा लिएको हो ।

    मोटरसाईकल नियन्त्रणमा लिएको केहि घण्टा पछि प्रहरीले १५ सय रुपैया जरिवाना काटेर मोटरसाईकल दिएर फर्काएको थियो । ७२ बर्षिय जेष्ठ नागरिक कसरी १० किलो मिटर पैदल हिटेर वीरगन्ज आउँन सक्छ उनका नाती मिथलेश रायले भने, आफनो समस्याबारे प्रहरीलाई गुहार लगाउँदा पनि केहि सुनवाई गरेन जबरजस्ती मोटरसाईकल नियन्त्रणमा लिएर १५ सय जरिवाना काटेर छाडे ।

    उनले भने, समाजिक सुरक्षाबापत चार महिनाको ८ हजार रुपैया पाएका थिए त्यसमा पनि प्रहरीले १५ सय रुपैया जरिवाना काटेपछि हजुर बुवा निरास भएर फर्के । लकडाउनमा प्रभावितलाई उद्दार गर्नुपर्नेमा प्रहरीले थप पिडा नै दिएको उनले गुनासो गरे ।

    पर्साकै करिब २० किलो मिटर पश्चिम ग्रामिण भेगबाट वीरगन्ज बैकबाट रकम झिकेर औषधी खरीद गर्न आएका रामबहादुर पंडीत पनि प्रहरीको चपेटामा परेका छन । जिल्लाको बहुदरमाई नगरपालिका वडा नम्बर २ निवासी ५५ बर्षिय पंडीत आमा र छोरी विरामी भएपछि बैकमा रकम झिक्न र त्यही पैसाले औषधी खरीद गर्न वीरगन्ज आईपुगेका थिए ।

    बैकबाट रकम झिक्न पाएको छैन्, बैक अगाडी आईपुगेका प्रहरी निरिक्षक गिरीले मोटरसाईकल नियन्त्रणमा लिई घण्टाघर स्थित विपि उद्यानको खाली जग्गामा प्रहरी नियन्त्रणमा राख्न लगाए । पंडीतले प्रहरी निरिक्षक गिरी अगाडी विलौना गर्दै जति सुकै दुख पोखेपनि कुनै सुनवाई नगरेनन् । अन्तत उनको उनको मोटरसाईकल जबरजस्ती खोसेर प्रहरी नियन्त्रणमा राख्न लगाए ।

    बैक अगाडी कृषि बैकको चेक र डाक्टरको पुर्जा गराउँदै आफनो दुखेसो पोख्दै पंडीतले भने, लकडाउनमा प्रहरीले प्रभावितको उद्दार गर्नुपर्नेमा उल्टै पिडा थप्ने काम गरीरहेको बताए । हामी २० किलो मिटर पैदल हिडेर कसरी वीरगन्जसम्म आउँन सक्छौं, या त प्रहरीले घरमै निशुल्क औषधी उपलब्ध गराई दिनु पर्यो होईन भने पिडा माथि पिडा थप्ने काम नगरिदिन प्रहरीलाई आग्रह गरे ।

    लकडाउनले अतिआवश्यक बाहेक सम्पूर्ण सवारी साधन पूर्ण रुपमा बन्द गरिएको छ । सार्वजनिक सवारी साधन नचलेपछि मोटरसाईकल नै प्रयोग गरेर जिल्लाको ग्रामिण भेगका स्थानियले सोमबार कृषि विकास बैंकमा रकम झिन आउँदा एकदर्जन भन्दा बढी मोटरसाईकल प्रहरीले आफनो नियन्त्रणमा लिएको छ ।

    प्रहरीले लकडाउनको बहानामा आफनो राजश्व बृद्धि गर्ने मनसायले आम सर्वसाधारणलाई दुख दिने नियतले मोटरसाईकल धमाधम नियन्त्रणमा लिने गरेको स्थानियले आरोप लगाएका छन । लकडाउनमा कसैले पनि जोखिम लिएर घर बाहिर निस्कदैन् । अतिआवश्यक परेको बेला नै बाध्यतावश घर बाहिर निस्कनु परेको छ, स्थानिय रमेश चौधरीले भने, प्रहरीले त्यसको मौका उठाउँदै आम सर्वसाधारणलाई पिडामाथि पिडा थप्ने काम मात्र गरीरहेको छ ।

    प्रहरीले पनि हाम्रा समस्या बुझनु पर्नेको हो, उनले भने, यदी कसैलाई पैसाकै आवश्यकता भयो भने, त्यो मान्छे १०÷२० किलो मिटर पैदल कसरी वीरगन्ज आउँछ, कि त ग्रामिण भेगका बैंक, औषधी तथा खाद्यन्नको सम्पूर्ण व्यवस्था गरोस् होईन भने, जनतालाई पिडा माथि पिडा थप्ने काम तुरुन्त रोक्नुपर्छ होईन भने जनताको धैर्यताको बाँध तोडन नपरोस् ।

    पर्सा प्रहरीले लकडाउनको नाममा अहिले सम्म ७ सय भन्दा बढी मोटरसाईकल नियन्त्रणमा लिई कारवाही गरीसकेको छ । उनीहरु संग जनही ५ सय देखि लिएर १५ सय सम्म जरिवाना गरी ३ लाख ६३ हजार भन्दा बढी राजश्व संकलन समेत गरीसकेका छन । लकडाउनमा जनताको पिडामा मलहन लगाउँन त पर जाओस थप पिडामा माथि पिडा थरेर आफनो राजश्व संकलन गर्न जबरजस्ती जरिवाना काटेर ठूलो बहादुरीको काम नै गरेको जस्तो देखाउँन खोजेपनि स्थानियलाई पचन सकेको छैनन् ।Logo

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑