• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पैदलयात्रीको भोगाई- ‘न खाने ठेगान हुन्थ्यो न बस्ने, बास सडकमै हुन्थ्यो’

  • वीरगंज संजाल
  • ८ बैशाख २०७७, सोमबार १२:१५
  • ३०६५

    बुटवल | हरिबहादुर चन्द नयाँ वर्षको राति ९ बजे बुटवल आइपुगे । बर्दियाबाट सोलुखुम्बु मजदूरीका लागि जानुभएका चन्द झण्डै ११ दिनको पैदल यात्रा गर्दै बुटवल आउँदा थकाइ, भोक र प्यासले लखतरान थिए ।

    बुटवल वडा नं १ का जनप्रतिनिधिसहित स्थानीयवासीले राति सडक किनारामा विश्राम गरिरहेका चन्दसहितका १२० ज मजदूरलाई भेटे । उनीहरू तत्कालै तिनको उद्धारमा लागे । वडाध्यक्ष महेन्द्र लिगलसहित स्थानीयवासीले खाना पकाएर तिनलाई खुवाए । सोही स्थानमै तत्कालै स्वास्थ्यकर्मीको टोलीले उनीहरुको स्वास्थ्य जाँच ग¥यो । गाडीको व्यवस्थापन गरेर उनीहरुलाई गन्तव्यतर्फ पठाउनेसम्मको काम भयो ।

    सोलुखुम्बुबाट पैदलै आइपुग्नुभएका चन्दले बुटवलमा गरिएको परोपकारले घरैको जस्तो याद आएको र थकाइसमेत मेटिएको प्रतिक्रिया दिए । कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाका मजदूर ११ दिन लगाएर पैदलै सोलुखुम्बुबाट बुटवल आइपुगेका थिए । उनीहरु नियमित मजदूरी गर्दै आएका ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको र काम खुल्ने कुनै टुङ्गो नभएपछि सामूहिकरुपमा घर जान हिंँडेका थिए ।

    सोही टोलीमा काठमाडौँबाट आएका बैतडीका अमबहादुर अवस्थीले भोक र थकाइका बेला बुटवलले गरेको व्यवस्थाले सबै पीडा भुलाएको बताए । कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेदेखि नै बुटवल उपमहानगरपालिकाले राजमार्गमा अलपत्र यस्ता मजदूरको उद्धार गरी खानपिन तथा गन्तव्यमा पुग्ने सवारी साधनको समेत व्यवस्थापन गर्दैआएको छ ।

    लकडाउनपछि मजदूरहरु काम पनि नहुने र रासन पनि सकिएपछि आठदश दिनसम्म हिँडेरै घर जान थालेका छन् । ‘‘हामी हिँड्दै दोलखाबाट आयौंँ’ सल्यान बाघचौरका थलराज चन्दले भने, ‘‘उता खाने कुरा पनि सकियो, काम पनि भए, यता आउनलाई गाडी नचलेपछि हिँडेरै आयौंँ ।

    बिहान ५ देखि राति ११ बजेसम्म लगातार हिँड्दा कतिदिन सडकमै सुतेको उनको भनाइ थियो । ‘दिनभरि हिँड्दा थकाइ लागेको हुन्थ्यो’, उनले भने, ‘न खाने ठेगान हुन्थ्यो न बस्ने खाने, बास सडकमै हुन्थ्यो ।’

    प्रदेश नं ५ को मुख्य केन्द्र बुटवलले विभिन्न ठाउँबाट बुटवलसम्म आइपुगेका विभिन्न जिल्लाका पैदल यात्रुलाई उद्धार र व्यवस्थापन गर्दै आएको छ । उनीहरुलाई बुटवल वडा नं १ र १२ मा वडाध्यक्षकै नेतृत्वमा खाने, बस्ने र बसमार्फत गन्तव्यसम्म पठाउने काम भइरहेको छ ।

    बुटवल आइपुगेका पैदलयात्रु १७५ जनालाई बस र टिपरमार्फत शनिबार बर्दिया, कैलाली र दाङसम्म पठाइएको वडा नं १२ का वडाध्यक्ष दुर्गा सुवेदीले जानकारी दिए । आइतबारसम्म एक हजार तीन सय सम्मलाई खाना खुवाउने, स्वास्थ्य परीक्षण गर्ने र गाडीको व्यवस्था गरेर घरसम्म पठाउने काम भएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । निजीक्षेत्र, समाजसेवी र मनकारीको सहकार्यमा पैदल यात्रीको उद्धार, खानपान र यातायातको समेत व्यवस्था मिलाइएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

    दाङ–यसरी लामो पैदल यात्राबाट गन्तव्यमा पुग्न दाङ आइपुगेका पैदल यात्रुलाई दाङमा पनि खानेबस्ने व्यवस्था गरिएको छ । तुलसीपुर, घोराही तथा लमहीमा पैदल यात्रुलाई खाने, बस्ने तथा यातायातको व्यवस्थापन गरिएको छ । यस्तो अवस्थामा सबैले आआफ्ना ठाउँबाट सहयोग गर्नुपर्ने भन्दै आफूहरुले खानेबस्ने तथा यातायातको व्यवस्थापन गरेको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले बताए ।

    काठमाडौँ, दोलखा र गोरखाबाट आइतबार मात्र दाङ आइपुगेका पूर्वीरुकुम, सल्यान र पश्चिम दाङका ५९ मजदूरलाई तुलसीपुरको अरनिको मैदान अगाडि खानापिनको व्यवस्थापन गरेर गाडीबाट पठाइएको समाजसेवी बिम रिजालले जानकारी दिऐ । उनले पैदल यात्रुको खानाका लागि चामल र तेललगायत खाद्य पदार्थ उपलब्ध गरएका छन्। अन्य व्यवस्थापन तुलसी उपमहानगरपालिकाको समन्वयमा यहाँका १० संघसंस्थाले गर्दै आएका छन् ।

     

     

     

     

     

     

     

     

    परासी– प्रदेश नं ५ को पूर्वी प्रवेश नाका बर्दघाटदेखिपश्चिम बर्दियाको ठाकुरबाबा नगरपालिकासम्मका स्थानीय तहले पैदलयात्रीको व्यवस्थापन गरेका छन् ।

    बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्याल त्यस्ता पैदल यात्रीलाई शुरुदेखि नै खानपिन र सकेसम्म सवारी साधनको व्यवस्थापन गरिँदै आएको बताउछन् । उनका अनुसार शुक्रबारदेखि आजसम्म मात्र झण्डै तीन सयको उद्धार र व्यवस्थापन गरिएको छ । उनले भने, ‘पैदल यात्रीलाई खानपिन, स्वास्थ्य जाँच र गन्तव्यसम्म पुग्न गाडीको समेत व्यवस्था गरेका छौँ ।’

    रुपन्देहीको सैनामैना नगरपालिका बुटवलसंँग जोडिएको राजमार्ग क्षेत्रको नगरपालिका हो । सो नगरपालिका क्षेत्रमा पनि पैदल यात्रु विभिन्न स्थानमा दैनिक विश्राम गरेका हुन्छन् । नगरपालिकाले सैनामैनाका निजी क्षेत्र र सहयोगदाताका सहयोगमा खानपिनको व्यवस्थापन गर्दै आएको र गन्तव्यसम्म पु¥याउन प्रहरीको सहयोगमा गाडीको व्यवस्थापन गर्दैआएको सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की बताउछन् । नगरपालिकाले पैदलयात्रीको उद्धारको काम लकडाउन शुरु भएदेखि नै गर्दै आएको र झण्डै २ हजारको उद्धार तथा व्यवस्थापन गरेको छ । उनले भने– ‘अहिले पनि ७५÷८० जना पैदल यात्रीलाई बिहानको खाजा खुवाउँदै छाँै, त्यसपछि गाडी चढाएर पठाउछौँ ।’

    चन्द्रौटा –पूर्वपश्चिम राजमार्गमा पैदल यात्रा गर्ने नागरिकलाई स्थानीय तहको समन्वयमा कपिलवस्तुमा राजमार्गसँग जोडिएका शिवराज, बुद्धभूमि र वाणगंगा नगरपालिकाका युवाले खानपिनको व्यवस्था गरेर गन्तव्यसम्म पु¥याउन सहयोग गरेका छन् । शिवराज १ शिवपुरमा एक साताभित्र मात्रै दुई सय पैदल यात्रुलाई खाना खुवाएर गन्तव्यतर्फ पठाइएको छ । सिन्धुपाल्चोक, विराटनगर, काठमाडौँलगायत ठाउँबाट दाङ, बाँके, बर्दिया, कैलालीलगायत जिल्लामा जान पैदलै आइपुगेकाहरुको शिवपुर हाटबजार चौरमा खानाको व्यवस्था गरिएको स्थानीयवासी कृष्ण थापाले बताए।

    पैदलमार्ग हुँदै आएका यात्रुको स्वास्थ्य परीक्षण पनि गरिएको शिवपुर स्वास्थ्यचौकीका प्रमुख लेखनाथ पौडेलले बताए।आइतबारसम्म वाणगंगा नगरपालिकाले पनि झण्डै साढे दुई सय पैदलयात्रीलाई पश्चिम पठाएको छ । काठमाडौँलगायतबाट पैदलयात्रा हुँदै वाणगंगा आएका उनीहरुलाई सवारी साधनको प्रयोग गरेर जिल्ला नाकासम्म पु¥याउने काम गरिएको नगरपालिकाका प्रवक्ता विष्णु गिरीले बताए ।

    प्युठान– पैदलयात्रीलाई गुल्मी, बाग्लुङ, प्युठान, दाङ, बाँके, बर्दिया जिल्लाका विभिन्न स्थानीय तहबीचको समन्वयमा सम्बन्धित स्थानीय तह र मजदूरको घरसम्म पु¥याउने काम स्थानीय तहले गरेका छन् । प्युठान नगरपालिका तथा गौमुखी, झिमरुक, माण्डवी र सरुमारानी गाउँपालिकाको समन्वयमा मात्रै सयौँ पैदलयात्रीलाई उद्धार तथा खानपिनको व्यवस्थापन गरेर गन्तव्यसम्म पु¥याउने व्यवस्था गरिएको प्युठान नगरपालिकाका पमुख अर्जुनकुमार कक्षपति बताउछन् ।

    लामो पैदलयात्राबाट निकै दुःख पाएको अवस्थामा उद्धार हँुदा राहत मिलेको बर्दियास्थित बारबर्दिया नगरपालिका ९ बनगाईकी सीता सार्कीले बताए। बाटामा पानी मागेर खान खोज्दा नदिने तथा धारोमा पानी आइरहेको देखेर खान खोज्दा छुन समेत नदिने पीडा ब्यहोर्नुपरेको उनले सुनाए ।

    प्युठान हँुदै बाहिरिने पैदल यात्रीलाई स्थानीय तहले उद्धार गरी यातायात, खानपिन र आवश्यकतानुसार आवासको समेत व्यवस्था मिलाएको प्युठानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्तले बताए।

    बाँके– शुक्रबार मात्रै धादिङको धार्केबाट हिँडेरै नेपालगञ्ज आइपुगेका ५२ भारतीयलाई क्वारेन्टाइनमा राखिएको छ । चौध दिनपछि कोरोना संक्रमणको परीक्षण गरेर भारतीय अधिकारीहरुसँगको समन्वयमा पठाउन सकिने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले बताए । उनका अनुसार बाँकेको राप्तीसोनारी गाउँपालिकाले दाङको सीमाबाट करीब ७५ किलोमिटर पश्चिम कोहलपुरसम्म पु¥याउने काम गरिरहेको छ । त्यहाँबाट कोहलपुर नगरपालिकाले बाँके–बर्दियाको मानखोलासम्म पु¥याउने गरेको छ । ‘सम्बन्धित स्थानीय तहहरुसँग समन्वय गरेर पैदल यात्रुहरुलाई गन्तव्यसम्म पु¥याउने काम गरिरहेका छौंँ’ कोहलपुर नगरपालिकाका प्रमुखख लुटबहादुर रावतले भने ।

    पैदल यात्रुलाई तीन दिनदेखि ट्रयाक्टर र ट्रकमार्फत गन्तव्यसम्म पु¥याउने व्यवस्था मिलाइएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए । गाउँपालिकाले तीन दिनयता एक हजार ५०० भन्दा बढीको उद्धार गरिसकेको छ ।

    पैदल यात्रीलाई शुरुदेखि नै व्यवस्थापन गर्दै आएका स्थानीय तहलाई सरकारले प्रदेश सरकारसँगको समन्वयमा तिनको व्यवस्थापन गर्न निर्देशन दिएपछि प्रदेश र स्थानीय सरकारको समन्वयमा यात्रुको व्यवस्थापन गरिएको हो । प्रदेश नं ५ सरकारका प्रवक्ता बैजनाथ चौधरीले पैदल यात्रुको उद्धारका लागि सरकारले स्थानीय तहमा बजेट नै दिएको बताऐ । उनले पैदलयात्रुको खानपिन, स्वास्थ्य जाँच, सवारी व्यवस्थापन र क्वारेन्टाइनमा राख्नेसम्मको व्यवस्थापन स्थानीय तहले सबैसंँगको समन्वयमा गरेको जानकारी दिए । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑