कोरोनाबाट १ लाख ६५ हजार भन्दा बढीको मृत्यु, संक्रमित २४ लाख ६ हजार नाघ्यो
वीरगंज संजाल
८ बैशाख २०७७, सोमबार १०:१६
२४११
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख ६५ हजार नाघेको छ । गएको २४ घन्टामा यसको संक्रमणबाट विश्वभर ४९ सय ५७ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म विश्वभर कोरोनाबाट १ लाख ६५ हजार ४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २४ लाख ६ हजार २ सय ४० पुगेको छ । वल्र्डओमिटरका अनुसार आइतबार कोरोनाका ७५ हजार ६ सय ६९ जना नयाँ संक्रमित थपिएका छन् ।
गएको २४ घन्टामा कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिकामा १५ सय ३४ जनाको मृत्यु भएको छ । त्यहाँ मृतकको संख्या ४० हजार ५ सय ४८ पुगेको छ । संक्रमितको संख्या ७ लाख ४६ हजार नाघेको छ ।
त्यसैगरी गएको चौविस घन्टामा युकेमा ५९६ , इटालीमा ४३३, स्पेनमा ४१०, फ्रान्समा ३९५, बेल्जियममा २३० जर्मनीमा १०४, टर्कीमा १२७, क्यानाडामा ११७, ब्राजिलमा १०१, मेक्सिकोमा १०४ जनाको मृत्यु भएको छ ।