कोरोना महामारी : अमेरिकामा मर्नेको संख्या ४० हजार नाघ्यो, रुसमा संक्रमण तीव्र (कुन देशमा कति)
वीरगंज संजाल
८ बैशाख २०७७, सोमबार ०६:५७
२७६१
विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अमेरिकामा ज्यान गुमाउनेको संख्या ं४० हजार ६६१ पुगेको छ। गत २४ घण्टाभित्र थप १ हजार ५३४ ले ज्यान गुमाएका हुन्।
त्यस्तै २५ हजार ५११ नयाँ संक्रमण पुष्टि भएसँगै अमेरिकामा संक्रमित संख्या ७ लाख ५९ हजार ८६ पुगेको छ। जसमध्ये ७० हजार ३३७ निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ।
यसैगरी पछिल्लो समय रुसमा भाइरस संक्रमण तीव्र रूपमा फैलिएको छ। त्यहाँ गत २४ घण्टाभित्र ६ हजार ६० नयाँ संक्रमण पुष्टि भएको हो। यससँगै संक्रमित संख्या ४२ हजार ८५३ पुगेको छ। सुरुवातमा सुस्त रूपमा फैलिएको रुसमा पछिल्ला केही दिन संक्रमण तीव्र भएको हो।
रुसमा संक्रमितमध्ये घ हजार २९१ निको भइसकेका छन् भने ३६१ ले ज्यान गुमाएका छन्।
पछिल्लो समय मृत्युदर घटेको स्पेनमा मर्नेको संख्या २० हजार ४५३ पुगेको छ। त्यस्तै १ लाख ९८ हजार ६७४ मा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ७७ हजार ३५७ निको भएका छन्।
यसैगरी इटालीमा ३ हजार ४७ नयाँ संक्रमित थपिएका छन्। यससँगै संक्रमित संख्या १ लाख ७८ हजार ९७२ पुगेको छ। जसमध्ये २३ हजार ६६० ले ज्यान गुमाएका छन्।
चीनको वुहानबाट गत डिसेम्बरको अन्तिमदेखि फैलिएको भाइरसका कारण हालसम्म विश्वभर १ लाख ६५ हजार ४४ ले ज्यान गुमाएका छन्। त्यस्तै २४ लाख २ हजार ७६ मा संक्रमण पुष्टि भएको छ भने ६ लाख २३ हजार ९०३ निको भइसकेका छन्।
कुन देशमा कति ?
अमेरिका संक्रमित: ७,५९,०८६ मृत्यु: ४०,६६१ निको: ७०,३४४