काठमाडौं | भारतीय सीमाको धार्चुला बालुवाकोट महाविद्यालयको क्वारेन्टाइनमा आमाको किरिया बसेका दार्चुका युवा वासुदेव भट्ट आज (आइतबार) नेपाल आएका छन् ।लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका उनी छैटौं नेपाल प्रवेश गर्न पाएका हुन् ।
सीमा बन्द भएको पाँच दिनपछि सीमामा आइपुगेका भट्टकी आमाको शैल्यशिखर नगरपालिका १ मा मंगलबार निधन भएको थियो । आमाको मृत्युको खबर पाएदेखि उनले घर आउन निकै प्रयास गरेका थिए । तर, भारतीय पक्षले प्रक्रिया पुर्याउनुपर्ने भन्दै समय लगाएको थियो ।
नेपाल प्रवेश गर्न पाएका उनको स्वास्थ्य परीक्षणपछि सुरक्षाका साथ घर पुर्याउने दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।क्वारेन्टाइनमै किरिया बसेको समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले उनलाई ल्याउने व्यवस्था मिलाउन दार्चुला प्रशासनलाई निर्देशन दिएको थियो । तर, भारत सरकारको अनुमति चाहिने भन्दै उeनलाई नेपाल प्रवेशमा रोक लगाएको थियो ।