• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आवगमन नरोकिएपछि नेपाल–भारत सीमामा सीसीटीभी जडान गरिने

  • वीरगंज संजाल
  • ७ बैशाख २०७७, आईतवार १५:२७
  • ५६१७

    धनुषा । प्रदेश २ सरकारले नेपाल(भारत सीमानाकामा सीसीटीभी क्यामेरा जडान गर्ने भएको छ । लकडाउन तथा सीमानाका शिल गरिएको अवस्थामा पनि आवागमन नरोकिएपछि प्रदेश सरकारले आठै जिल्लाका विभिन्‍न नाकामा सीसीटीभी जडान गर्न लागेको हो ।

    “नेपाल(भारत सीमानाकामा सीसीटीभी क्यामेरा जडानका लागि करिब रु पाँच करोड खर्च हुनेछ । सीमामा कडा निगरानीका लागि यो कदम उठाउन लागिएको हो,” प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनराज्यमन्त्री सरोजसिंह कुशवाहाले भने । भारतसँग जोडिएको खुला सीमाका कारण भारतबाट रातिराति लुकीछिपी मानिस नेपाल छिर्ने गरेको र त्यसले गर्दा कोरोना सङ्क्रमण रोकथाममा झन कठिनाइ भएको भन्दै सीसीटीभी क्यामेरा अर्को विकल्पका रुपमा अघि सारिएको बताए ।यस्तै, सीमानाकामा निगरानी बढाउन सुरक्षाकर्मीलाई १०० साइकल दिने तयारीमा समेत प्रदेश सरकार जुटेको मन्त्री कुशवाहाले जानकारी दिए ।

    एक हजार २६५ क्‍वारेन्टाइनमा
    प्रदेश २ मा शनिबार दिउँसोसम्म कोरोना भाइरस शंकास्पद ५५१ जनामा गरिएको स्वाब परीक्षणमा ५१२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरस्थित प्रयोगशालामा परीक्षण गरिएकामध्ये ३५ जनाको रिपोर्ट आउन बाँकी छ । चारजनाको रिपोर्ट यसअघि नै पोजेटिभ आइसकेको छ । शनिबार मात्रै दिउँसोसम्म ६ जनाको स्वाब संकलन गरिएको छ ।

    त्यसैगरी आरडीटी किटबाट परीक्षणका लागि शनिबारसम्म एक हजार ८२२ जनाको स्याम्पल संकलनमा एक हजार ८१९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने तीनजनाको रिपोर्ट पोजेटिभ यसअघि नै देखाइसकेको छ । प्रदेश २ को स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार मात्रै दिउँसोसम्म प्रदेशका आठवटै जिल्लाबाट ९४० जनाको आरडीटी संकलन गरिएको हो ।

    हालसम्म पर्सा जिल्लाबाट सबभन्दा बढी ९२३ जनाको आरडीटी परीक्षण गरिएको छ जसमध्ये पोजेटिभ अहिलेसम्म नदेखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यसैगरी सप्तरी जिल्लाबाट २८७ जनामा गरिएको परीक्षणमा दुईजनामा पोजेटिभ, सर्लाहीबाट ५४ जनामध्ये एकजनाको पोजेटिभ रिपोर्ट आरडीटीमा देखाएको छ ।

    सिरहाबाट ११०, धनुषा र महोत्तरीबाट ५४र५४, रौतहटबाट २७८ र बाराबाट ६२ जनाको आरडिटी परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । आरडीटी परीक्षणमा पोजेटिभ देखाइएकाको पुनः स्वाब परीक्षण गरिनेछ, त्यसमा पोजेटिभ देखिएपछि मात्रै आधिकारिक पुष्टि हुने प्रादेशिक अस्पताल जनकपुर प्रयोगशालाले जनाएको छ ।

    त्यसैगरी प्रदेश २ भरिका १७१ क्‍वारेन्टाइनमा एक हजार २६५ जना छन् भने एक हजार ६७७ जना होम क्‍वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालयका प्रमुख डा. हरिशचन्द्र यादवले जानकारी दिए । उनका अनुसार सप्तरीमा ५८७ शय्याको ३२ वटा, सिरहामा २५८ शय्याको १७, धनुषामा ३६२ शय्याको १७, महोत्तरीमा ३८८ शय्याको १९, सर्लाहीमा ४१७ शय्याको ३७, रौतहटमा ७०५ शय्याको १६, बारामा ४०४ शय्याको १७ र पर्सामा ४८८ शय्याको १६ वटा क्‍वारेन्टाइन हालसम्म निर्माण भइसकेको छ ।

    प्रदेशका आठवटै जिल्लामा २२० शय्यासहितको आइसोलेशन वार्ड निर्माण भइसकेको छ । जसमध्ये सप्तरीमा १३, सिरहामा ४१, धनुषामा १२, महोत्तरीमा २६, सर्लाहीमा १५, रौतहटमा ३५, बारामा ४८ र पर्सामा ३० शय्यासहित आइसोलेसन वार्ड निर्माण गरिएको छ । तीमध्ये सिरहामा चार, धनुषामा चार, बारामा दुई र पर्सामा चारजना गरी प्रदेशभरिमा जम्मा १४ जना आइसोलेसन वार्डमा भर्ना भएको अवस्थामा रहेको निर्देशनालयका वरिष्ठ प्रशासकीय अधिकृत विजय झाले जानकारी दिए। -रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑