वीरगन्ज | राष्ट्रिय जनता पार्टी नेपालका सह महासचिव एवं समाजसेवी निजामुदीन समानीको पहलमा पर्साको पोखरीयामा रहेको जिल्ला अस्पतालमा स्वास्थ्य समाग्री उपलब्ध गराइएको छ ।
सह महासचिव समानीको पहलमा एउटा नमुना राष्ट्रिय आविष्कार केन्द्र काठमाण्डौले उपलब्ध गराएको स्वास्थ्य समाग्री अस्पतालको जिम्मा लगाइएको हो ।
केन्द्रले अस्पतालको लागि ९ थान पिपीई सेट र बूमेन्स क्रियशन क्लब वीरगन्जको तर्फबाट नूतन सरावगीले उपलब्ध गराएका सेनेटाईजर, मास्क र केही ग्लब्स पोखरीया अस्पताललाई उपलब्ध गराएको थियो ।
नेता समानीले केन्द्र र बूमन सस्थाले उपलब्ध गराएको स्वास्थ्य सुरक्षा समाग्री पोखरिया नगरपालिकाका प्रमुख दीप नारयण रौनीयारलाई हस्तान्तरण गरेका हुन् ।
समानी वीरगन्जको नारायणी अस्पताल र पोखरीया अस्पतालको सुधारमा ठूलो योगदान पु¥याउँने एक चर्चित नेता पनि हुन् । राजनितिक रुपमा स्वच्छ छवी मानिएका समानी जनताको हितको लागि अहोरात्र खट्दै आएका छन् ।
जनताको राम्रो र भरपर्दो सेवा उपलब्ध गराउँनको लागि नारायणी अस्पतालको विकासको लागि मिशन नै बनाएर अगाडी बढेका थिए । अहिले उनी पोखरीया अस्पतालको विकासको लागि पनि अहोरात्र खटेका छन् ।