बढी मुनाफा लिई मल बिक्री गर्ने एक सहकारी संस्थाका सञ्चालक पक्राउ
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार १८:२३
३३९१
वीरगन्जa| बाराको कोल्हवी नगरपालिका बजारबाट बढी मुनाफा लिई मल बिक्री गर्ने एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कोल्हवी १ का श्री लक्ष्मी बहुमुखी सहकारी संस्थाका सञ्चालक शम्भु साहलाई विभिन्न मलसहित उनकै घरबाट पक्राउ गरेको हो ।
सञ्चालक साहले कृषि सामग्री कम्पनी कलैया तथा साल्ट टे«डिङ्ग वीरगन्जबाट अनुदानमा विभिन्न मलहरु खरीद गरि ल्याएका थिए । एउटा बोरामा २ सय बढी मुनाला राखेर विक्री गरेर कालाबजारी गरेको आरोपमा बुधबार ईलाका प्रहरी कार्यालय कोल्हवीबाट गएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
साहको घरमा स्टोर गरी राखिएको युरिया मल १८१ बोरा, कृषक पोटास ८३ बोरा, एल्मुनियम सल्फेट मल ६० बोरा र फोष्फेट मल ७८ बोरा बरामद गरी सोहि स्थानमा सिलबन्दी गरी राखिएको बाराका प्रहरी नायब उपरिक्षक गौत्तम मिश्रले बताए ।
उनले अनुदानमा प्रति बोरा ७०० रुपैयाँमा खरीद गरि ल्याईएको युरिया मल प्रति बोरा ९०० रुपैयाँमा विक्री वितरण गरीरहेको आएको सूचनाको आधारमा उनलाई पक्राउ गरी कारवाहीको प्रकया शुरु गरिएको छ ।
अनुदानमा खरिद गरी ल्याएको मल बढी मुनाफा लिई बिक्री बितरण गरेको आरोपमा पक्राउ गरेको साहलाई कालोबजारी, समाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिक कारवाहीको लागि थप अनुसन्धान गर्ने काम भइरहेको उनले बताए ।
लकडाउन तथा जिल्लामा जारी निषेधाज्ञाको मौका छोपी केहि व्यापारीहरुले बढी मुनाफा लिएर कालाबजारी गर्न खोजेका छन, प्रहरी नायब उपरिक्षक मिश्राले दुःख परेको बेला कृषक तथा उपभोक्तालाई सहुलियत दरमा समाग्री उपलब्ध गराउँनु पर्नेमा उल्टै कालाबजारी गर्न खोजेका छन, त्यस्तैलाई निस्तेज पार्न प्रहरीलाई सघाउँन स्थानियमा अनुरोध छ ।