राहतको विषयमा विवाद हुदाँ छिपहरमाईमा झडप, २ जना घाइते
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार १५:३५
३०२९
बीरगन्ज,| राहतको विषयलाई लिएर झडप हुदाँ पालिकामा २ जना घाइते भएका छन् । प्रहरीलाई पनि चोट लागेको छ । सो गाउँपालिकाको वडा नं. ३ को झडप भएको प्रहरीले जनाएको छ । राहत वितरण गर्दा निमुखालाई भन्दा सम्पन्नलाई राहत दिएको भन्दै झडप भएको इलाका प्रहरी कार्यालय, पोखरियाले जनाएको छ ।
घाइते हुनेमा सोही ठाउँका चन्द्रिका साह कानु र रामप्रवेश यादव रहेका छन् । कानुको टाउको र यादवको गर्दनमा चोट लागेको प्रहरीको भनाई
राहतका लागि १ सय ३५ को नामावली तयार भएर ५३ जनालाई राहत वितरण भइसक्दा विपन्नलाई बन्चित गरी सम्पन्नलाई राहत वितरण गरिएको भन्दै विवाद भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक चन्द्र कुँवरले बताए ।
राहतका लागि कसैको नाम छुटेको भए टिपाउन र छानबिन पश्चान पुन वितरण गरिने सहमति भएपछि विवाद टुङ्गिएको कुँवरले बताए ।