वीरगञ्जको बजारमा हजारौको भिड ,पर्सा प्रशासनको इजाजतको धजिउडाए स्थानियहरु
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार ०९:०७
६१४१
बीरगन्ज | वीरगञ्जमा बिहीबारदेखी अत्यावश्यक वस्तुका पसल खोल्न स्थानिय प्रशासनले इजाजत दिए पनि इजाजदको पालना नभएको वीरगञ्जमा आज देखियो । जिल्ला प्रशासन कार्यालयद्धारा जारी ५ बुँदे सो सुचनामा अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दूरी कायम हुने गरी लाइन व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सम्वन्धित व्यवसायी स्वयं मिलाउन भनेका थिए तर आज वीरगञ्जको माईस्थान बजारमा उसको स्थननियहरुले पालना गरेका छैन्न ।
यसका लागि प्रशासनले बिहान जतिसक्दो सबेरैदेखि बिहान ७ बजेसम्म मात्र खोल्न पाइने जनाएको छ भने औषधी पसल २४ सै घण्टा खोल्न सकिनेछ । गत आइतबार वीरगञ्जमा ३ जना कोरोना संक्रमित फेला परेपछि कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन जिल्ला भरिकै औषधी पसलबाहेक अन्य पसलहरु स्थानीय प्रशासनले पूर्ण रुपमा बन्द गराएको थियो ।
खाद्यान्न तथा तरकारी पसलहरु बन्द भएसँगै यहाँको जनजिवन प्रभावित भएपछि बिहिबारदेखि तोकिएको समय सिमामा पसल सन्चालन गर्न पाइने भएको छ भन्दै स्थानिय प्रशासनले जानकारी गराएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्धारा जारी सो सूचनामा तोकिएको अत्यावश्यक वस्तुहरु बाहेकको पसलहरु बाहेक साँगुरा गल्ली, ठेलागाडा, चोकहरुमा भने बिक्री वितरण गर्न नपाइने उल्लेख गरिएको थियो ।
जिल्ला प्रशासन कार्यालयद्धारा जारी ५ बुँदे सो सुचनामा अत्यावश्यक वस्तुहरुको खरिद बिक्री गर्ने क्रममा संक्रमणको जोखिम हुन नदिन भिडभाड हुन नदिने तथा उपभोक्ताहरुबीच कम्तिमा ३ फिटको दूरी कायम हुने गरी लाइन व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी सम्वन्धित व्यवसायी स्वयंको हुने जनाइएको छ । अन्यथा संक्रामक रोग ऐन, २०२० अनुसार कारवाही गरिनेछ । सामान खरिद गर्दा व्यवसायी र ग्राहक सबैले अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्नेछ । तथा तरकारी बजार र खुला स्थानमा तरकारी तथा फलफूल बिक्री वितरण गर्न पाइने छैन र कोही कसैलै होम डेलिभरी गर्न चाहेमा भने त्यसलाई प्रोत्साहित गरिने समेत जनाइएको छ ।