खान नपाएर छपकैयावासी बिद्रोह गर्ने परिस्थिति आएपछि बाध्य भएर खाधान्य सामाग्री लिएर मेयर छपकैया पुगे
वीरगंज संजाल
४ बैशाख २०७७, बिहीबार २३:३४
३४१३
बिरगंज ।छपकैया वडा न.२ केहीदिन देखि प्रशासनले शिल गरे पछि खान नपाएर यहाका गरिब , अतिबिपन्न र दैनिक ज्याला मजदुरि गरि जिबिकोपार्जन गर्दै आईरहेका छपकैयावासिहरु बुधबार एक जुट भैई वडाका जनप्रतिनिधिहरुको बिरुद्ध जाराबाजी गर्दै सडकमा उत्रने धम्की दिएको र कोरोना भाईरसले मर्नु भन्दा अघि भोक भोकै मर्न थालेकोले सडकमा उत्रनु बाहेक कुनै बिकल्प नरहेको बताए ।
यस बारे जनप्रतिनिधिले मेयरलाई खबर गरे पछी बिरगंज महानगरपालिका मेयर विजय कुमार सरावगीले बिरगंज वार्ड न २ मा अहिले करिब 1500 बिपन गरिब, श्रमजिवि परिवारलाई पुग्ने गरि खाद्यान्न सामाग्रीहरु आफै नेतृत्वमा नगर पालिकाको ट्रकमा लोड गराएर वार्ड समितीलाई जिम्मा लगाएको थियो ।
बिरगंज छपकैया वार्ड न २ को मस्जिदमा बस्दै आएको तिन जना जमातीहरुमा करोना पोजेटिभ आईसकेपछि पुरा बिरगंजमा नै भय र त्राशको स्थिति सृजना भएपछि प्रशासनद्वारा छपकैयालाई अहिलेसम्म शिल गरेको कारण त्यो ठाउमा विशेष गरि गरिब, निमुखा, श्रमजिवि परिवारहरुमा खाधान्यको सन्कट उत्पन्न भएको र सिल भएको कारण कोई बाहिर निस्केन नसकेकोले आजै तत्कालै त्यस्ता गरिब परिवारलाई राहत दिने उदेश्यले मेयर सरावगी नगरपालिकाको ट्रकमा खाधान्य सामाग्री लोड गराएर कार्यवाहक वार्ड अध्यक्ष खलिल अन्सारी ( ओकिल) लाई जिम्मा लगाएका छ्न।
मेयर सरावगीले कुनै पनि गरिब श्रमजिवि परिवार खाधान्यको अभावमा भोक भोकै न बसोस भनेर अहिले देखी नै तुरुन्तै त्यस्ता परिवारहरुलाई राहत दिन वार्ड लाई निर्देशन दिएर आएका छ्न भने शिल भएको ठाउहरुमा आज देखि covied 19 को रेपिड किटबाट टेस्टको कामअ शुरु भएको छ।बिरगंज नगर प्रमुख बिजय सरावगीका राजनैतिक सल्लाहकार मुकेश कुमार द्बिवेदीले जानकारी गराएका थिए ।