चैतमा विदेशबाट आएका सबैलाई कोरोना जाँच गराउन सरकारको अपिल
वीरगंज संजाल
४ बैशाख २०७७, बिहीबार २१:४५
३९२९
काठमाडौं । सरकारले चैत महिनाभित्र विदेशबाट आएका सबैलाई कोरोना संक्रमण भएरनभएको परीक्षण गराउन आह्वान गरेको छ।
बिहीबार सार्वजनिक सूचना जारी गर्दै स्वास्थय तथा जनसंख्या मन्त्रालयले चैत महिनामा विदेशबाट आएका सबैलाई र्यापिड डायग्नस्टिक टेस्ट (आरडीटी) गराउन अपिल गरेको हो।
यसैगरी कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका, कोरोनाका लक्षण देखिएका र उनीहरूको सम्पर्कमा आएका, १४ दिनभन्दा बढी क्वारेन्टिनमा बसेका, कोभिड–१९ को उपचार तथा रोकथाममा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सबेलाई आरडीटी टेस्ट गराउन मन्त्रालयले आग्रह गरेको छ।