बागलुङ । बाग्लुङ जिल्लाको दोस्रो तथा नेपालको छैठौ कोरोना संक्रमित ६५ वर्षीया महिलाको तेस्रो स्वाब परीक्षण रिपोर्टमा संक्रमण नभएको पाइएको छ ।
कोरोना संक्रमण भएपछि पोखरामा तेस्रो पटक गरिएको परीक्षणमा कोरोना संक्रमण नभएको नेगेटिभ रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख डा.शैलेन्दै बि पोखरेलले जानकारी दिए ।
६५ वर्षीया महिलाको यसअघि गरिएको दोस्रो स्वाब परीक्षण रिपोर्ट भने पोजिटिभ आएको थियो । अब फेरि शुक्रबार महिलाको स्वाब परीक्षणका लागि पोखरा पठाइनेछ । चौथो पटक पनि कोरोना निको भएको नेगेटिभ रिपोर्ट आएमा ती महिलालाई डिस्चार्ज गरिने डा.पोखरेलले जानकारी दिए ।
नेपालको पाँचौ संक्रमित तथा बाग्लुङकी पहिलो संक्रमित १९ वर्षीया युवतीको भने चौथो रिपोर्ट पनि पोजिटिभ आएको छ । उनको पनि फेरि स्वाब परीक्षणका लागि पठाइने डा.पोखरेलले बताए ।