• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विपद व्यवस्थापन समितिको निर्णयसँगै बजारमा चहलपहल, लकडाउनको उल्लंघन

  • वीरगंज संजाल
  • ४ बैशाख २०७७, बिहीबार २०:०१
  • ४७९७

    जनकपुरधाम | विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिने खतरा कायम रहेको समयमा नेपाल सरकारले लकडाउनलाई निरन्तरता दिएको छ ।


    कोरोना संक्रमण फैलिन नदिन पूरै देश अहिले पनि लकडाउनमा छ । यद्यपि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा नै लकडाउनको उल्लंघन भएको छ । जिल्ला विपद व्यवस्थापन समिति धनुषाले खाद्यान्न, इन्धन, औषधि, तरकारी, दुध, खानेपानी लगायतका अत्यावश्यक उपभोग्य वस्तुहरु बिहान ५ बजेदेखि बेलुकी ४ बजेसम्म खरिद बिक्री गर्ने निर्णय गरेपछि प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा लकडाउन उल्लंघन भएको हो ।




    मंगलबार बसेको विपद व्यवस्थापन समितिको बैठकले अत्यावश्क दैनिक उपभोग्य वस्तु बिहान ५ बजेदेखि अपराह्न ४ बजेसम्म खरिदबिक्री गर्न सकिने निर्णय गरेको थियो । जनकपुरधाममा विपद व्यवस्थापनको निर्णयपछि बुधबारदेखि बजारमा चहलपहल बढेको हो ।



    बजारमा बिना काम घुम्नेको संख्या समेत बढेको छ । उनीहरु बिना कुनै सावधानी घुमिरहेका देखिन्छन् भने सवारी साधनहरु पनि निर्वाध रुपमा गुड्न थालेका छन् । कोरोना संक्रमणको खतरा बढिरहेको बेला लकडाउनलाई थप कडाइ गर्नुपर्नेमा यस्तो निर्णय गरेर जोखिम बढाउने काम भएको युवा अभियन्ता सुशील कर्णले बताए ।





    उनले भने,‘कोरोना संक्रमण रोकथाम गर्नु प्राथमिकता हुनुपर्नेमा विपद् व्यवस्थापन समितिको निर्णयले लकडाउनको धज्जी उडाएको देखिन्छ । विपद व्यवस्थापन समितिको निर्णयपछि कामै नभए पनि सामान खरिद गर्ने बहानामा मानिसहरु सडकमा हिंड्न थालेका छन् ।’‘यहाँ मेरो घर छ, हामीले जति आग्रह गरेपनि कसैले कुनै चासो लिदैंन । बजारमै घर रहेकाले हामीलाई कोरोनाको त्रासपूर्ण स्थितिमा बस्नुपरेको बाध्यता छ,उनले भने,‘यस्तो अवस्थामा प्रशासनले किन लुज प्रदर्शन देखाउँछ, थाहै भएन ।





    यता विपद व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले सडकमा हिँड्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उनले भने,‘समितिले अत्यावश्यक उपभोग्य वस्तुहरु मात्र खरिद बिक्री गर्न सकिने निर्णय गरेको छ । खाद्यान्न लगायतका अत्यावश्यक वस्तु बाहेक अन्य पसल संचालन गर्ने निर्णय भएको छैन् ।’





    जनकपुरधाम उपमहानगरपालिका वडा नं.१० र ११ को सीमा जानकी मन्दिर देखि देविचौक जाने बाटोमा खुल्ला रुपमै हाट बजार लागेको र तरकारी किन्ने नाममा हुलका हुल मानिस त्यहाँ पुगेको देखिएको छ । सरकारले लकडाउन गर्नुको पछाडी कोरोना संक्रमण बढ्न नदिन सामाजिक दुरी कायम गराउनु हो । यद्यपि कैयौं स्थानमा लकडाउनको उल्लंघन त जसोतसो त्यसमाथी सामाजिक दुरीकोसमेत धज्जी उडाइएको पाइएको हो ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑