काठमाडौं | चीनको वुहानबाट फैलन शुरु गरेको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनेको छ । हालसम्म विश्वका विभिन्न देशमा कोरोनाकै कारण धेरै मानिसहरुमो मृत्यु भइसकेको छ । यस्तै कोरोनाबाट बच्न मानिसहरुले विभिन्न उपायहरु अपनाउन थालेका छन् ।
कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुनाले मास्क लगाउनु जरुरी छ । कोरोनाको त्रासले धेरै मानिसहरुले मास्क लगाइरहेका छन् । यस्तै हालै सामाजिक सञ्जालभर एक तस्बिर भाइरल बनेको छ । हामिले मानिसहरुले मास्क लगाएको त देखेकै छौ होला, तर भारतमा जनावरमा पनि मास्क लगाइएको छ ।
भारतको मध्य प्रदेशको चन्देरी गाउँमा गाईभैँसीलाई पनि मास्क लगाइदिएका छन् । मानिसको मास्क गाईगोरुका लागि नहुने हुनाले जनावरकै लागि मास्क तयार गरिएको छ । खेतमा गोरुलाई काम गराउन लैजादा र फर्किदा जनावरबाट कोरोना घरसम्म आउने भन्दै गोरुलाई पनि मास्क लगाइदिएको किसानले बताएका छन् ।