• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गरिबलाई पतिङ्गरको चिन्ता

  • वीरगंज संजाल
  • ३ बैशाख २०७७, बुधबार १५:१२
  • ३५६७

    महोत्तरी | घरमा भएको अन्नपात सकिंदै गयो, काममा जान ‘लकडाउन’ ले दिएको छैन ।
    कोभिड-१९ को सन्त्रास छल्न ‘लकडाउन’ थपिँदै जाँदा महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरको मुसहरीटोलकी भुठ्ठी सादालाई यसपाली वर्षभरिको इन्धन (खाना पकाउने दाउरा) संग्रह गर्न नपाएकोमा चिन्ता छ ।


    वसन्त ऋतुमा वनका रुखले नयाँ पालुवा फेर्न पहिलेका पात झार्छन् । वनमा रुखले झारेका यिनै पतिङ्गर बटुलेर वर्षभरिको खाना पकाउने इन्धनको जोहो गर्ने भुठ्ठीसहित मुसहर बस्तीका महिलालाई यसपाली वन जान नपाएको कुराले औडाहा चलेको छ ।


    “चैत, वैशाख हाम्रो वर्षभरि खाना पकाउन पतिङ्गर (दाउरा) समेट्ने बेला हो” भुठ्ठीले भन्नुभयो, “यसपाली ठूलो महामारी छ, बाहिर निस्कनु हुँँदैन भन्छन्, खै जाउली केले पकाउने हो ?” वर्षभरिको इन्धनको जोहो र सङ्ग्रहित पतिङ्गर किसानलाई बेचेर पाइने अतिरिक्त आम्दानी यसपाली सुकेको आम मुसहर महिलाको भनाई छ ।



    “खै यो बन्दाबन्दी (लकडाउन) त केही दिनपछि खुल्ला, काम गर्न जान पनि पाइएला”, गौशाला नगरपालिकाको बेलगाछी मुसहर बस्तीकी सुकनी सादाले भनिन्, “यसपाली अब पतिङ्गर भने ल्याउन पाइएन, खै वर्ष केले गुजार्ने हो ?”



    मुसहर महिलाले चैत र वैशाखमा संग्रह गरेका पतिङ्गर आपूmलाई वर्षभरि चाहिने राखेर अरू किसानलाई बेचेर अतिरिक्त आम्दानी गर्ने गर्थे । बारीमा रोपिएको परवल, ओल, पिँडालु, अदुवा र बेसारसहितका बालीलाई माटोको चिस्यान राखी राख्न किसानले पतिङ्गरले छोप्ने गरेका छन् ।



    संग्रह गरिएको पतिङ्गरबाट हुने यो अतिरिक्त कमाई पनि यसपाली जिल्लिएको मुसहर महिलाको दुखेसो छ । “पतिङ्गर खोज्न धनी (मुसहरले अन्य समुदायका आपूm मजदुरी गर्न जाने घरका किसानलाई धनी वा धनिक भन्छन्, घरघरै आइपुग्थे, राम्रै रकम पाइन्थ्यो”, औरही नगरपालिकाको टिम्किया दलित बस्तीकी जुलमी सादाले भनिन्, “यसपाली यो आम्दानीबाट पनि हात धुन पर्यो, आपूmलाई पनि वर्षभरि केले खाना पकाउने भन्ने चिन्ता रहने भयो ।”



    चैत÷वैशाख कृषि मजदुरी त्यति नचल्ने हुँदा मुसहर महिलाका लागि इन्धनको जोहो र अतिरिक्त आम्दानीका लागि पतिङ्गर राम्रो स्रोत रहँदै आएको थियो । चैतदेखि वैशाख पहिलो सातासम्म वनक्षेत्रका जता पनि पतिङ्गर सोहोरी रहेका देखिने मुसहर महिला यसपाली भने ‘लकडाउन’ ले घरमै थुनिएपछि उनीहरुको यो तालिका गडबडिएको हो ।



    वैशाख पहिलो सातापछि वनमा डढेलो बढ्दै जाने हुनाले अब यसपाली पतिङ्गर सोहोर्ने काम थन्किएको उनीहरुको भनाइ छ । कृषि मजदुरी नै घर गुजाराको पेशा भएका मुसहर महिलाले अब केही दिनपछि ‘लकडाउन’ खुले काममा जान सकिने भए पनि पतिङ्गर यसपाली संग्रह अब हुन नसक्ने भन्दै राहतमा खाद्यान्नसँगै दाउराको प्रबन्धसमेत जोडिदिन आग्रह गरेका छन् । रासस



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑