सशस्त्र प्रहरी बल अलौले ५ जनालाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा
वीरगंज संजाल
२ बैशाख २०७७, मंगलवार २०:४४
३२९७
वीरगंज | कृष्णा यादब | विश्वब्यापी रुपलै फैलिरहेको (कोभेड १९) नोबेल कोरोना भाईरस वीरगंजमा कोरोना भाईरस संक्रमित ३ जनाको पुष्टि भएपछि । सशस्त्र प्रहरी बल बिओपीले वीरगंज महानगरपालिका वडा नम्बर १५ श्रिसिया बाट ५ जनालाई नियन्त्रणमा लिई वीरगंज भन्सार नजिक रहेको केडिया डेन्टल हस्पिटलको क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी निरीक्षक रबि थापाले बताउनु भएको छ।
वीरगंज महानगरपालिका वडा नम्बर २५ बाट पश्चिमी चम्पारण पकरी २ वस्ने बर्ष १७ को जंहिर शाह त्ससै गरि पकरी २ बस्ने वर्षा १८ को अर्वज शाह , अजाद अंसारी, प्रदिप कुमार , मोतिहारी बिहार अमिर खाउटोलका मो. निसार लगाएको ब्यक्तिहरुलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए।
नेपाल भारतको सिमानाका सशस्त्र प्रहरी बल बिओपीले २ किलोमिटरको दुरीमा खटेर नाकाको पुर्णरुपले आवतजावत बन्द गरेको सशस्त्र प्रहरी बल बिओपी अलौका प्रमुख रबि थापाले बताएका छन् ।