र्यापिड टेस्टमा काभ्रेका दुई युवामा कोरोना देखियो, पीसीआर विधिबाट परीक्षण गर्ने तयारी
वीरगंज संजाल
२ बैशाख २०७७, मंगलवार २०:०७
३१६३
काठमाडौं । काभ्रेका दुई युवकको र्यापिड टेस्टमा एन्टीबडी पोजेटिभ आएको छ । र्यापिड टेष्टमा काभ्रेका बेथानचोक र मण्डन देउपुरका दुई युवामा पोजेटिभ देखिएको हो ।
वेथानचोक ५ का २८ वर्षीय युवक र मण्डनदेउपुर–३ का २३ वर्षका युवकमा कोरोना पोजेटिभ देखिएको हो ।
दुबैलाई मंगलबार नै धुलिखेल अस्पताल ल्याइएको छ र पीसीआर विधिबाट परीक्षण गर्ने तयारी भइरहेको छ । उनीहरु एक जना भारतबाट र एकजना दुबईबाट चैतमा घर फर्केका हुन् ।