मंगलबारसम्म पीसीआर विधिबाट ६ हजार २ सय ९९ नमुना परीक्षण : मन्त्रालय
वीरगंज संजाल
२ बैशाख २०७७, मंगलवार १८:५०
२१४७
सरकारले कोरोना भाइरस सङ्क्रमण परीक्षणको दायर फराकिलो बनाएको छ ।
अहिलेसम्म स्वाब नमुना परीक्षण (पीसीआर) विधिबाट ६ हजार २ सय ९९ जनाको परीक्षण गरिएको छ । पछिल्लो २४ मा ५ सय ८४ वटा नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा मात्रै ४ हजार ८ सय १९ वटा जनाको परीक्षण भएको पछिल्लो २४ घण्टामा ३ सय ८७ जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
प्रयोशाला बाहिर अहिलेसम्म १ हजार ४ सय ८० जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा मात्रै मा १ सय ९७ वटा परीक्षण भएका छन् । र्यापिड डाइग्नोष्टिक विधि (आरडीटी) बाट अहिलेसम्म ६ हजार ६ सय ७ वटा परीक्षण भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै १३ सय १६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । अहिले ५ हजार ७ सय ७१ जना क्वरेन्टीनमा रहेका छन् । उपत्यकामा १२ र उपत्यकाबाहिर ८७ गरी ९९ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
र्यापिड किटलाई विदेशबाट आएका व्यक्तिहरुको परीक्षणलाई तीव्रता दिइएको छ । देशभर नै किट वितरण गरिए पनि अझै २१ जिल्लामा परीक्षण हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।