सरकारले हामीलाइ मार्न खोज्यो : बिरगंज कारागार कैदी
वीरगंज संजाल
Apr 10, 2020, 7:25 pm
७७२४
शेयर
बिरगंज | कोरोनाको माहामारीसङ्ग लडनका लागि नेपाल सरकारले गरेको सहयोगको आह्वान सङ्गै आज बिरगंज कारागारमा रहेका कैदीहरु मिलि जम्मा रु. ७५,८४० “कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष” मा जम्मा गरेको कुरा प्रेस बिज्ञपति मार्फत जानकारी गराएका छन।
बिज्ञपति मार्फत सरकारलाइ कैदीहरुलाइ रिहा गर्ने अनुरोध समेत गरिएको छ।कारागारमै रहेका एक कैदीले कारागारको अवस्था राम्रो र कैदी मैत्री नरहेको बताए।लकडाउन अन्तर्गत न्युतम दुरी कायम गरि मानिसहरु बस्ने अवस्था हुनुपर्नेमा कारागारमा सुत्ने ठाउ समेत कम रहेको बताए। कारागारका कैदी आक्रोशमै नेपाल सरकारको दोष लगाउदै सरकारले हामीलाई मार्न चाहेको भन्ने कुराको आरोप लगाए।