• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ‘गाईवस्तु चराउँदा, घाँस काट्दा र आलु टिप्दा कोरोना सर्दैन’

  • वीरगंज संजाल
  • १८ चैत्र २०७६, मंगलवार १८:३७
  • ३२४३

    काठमाडौं | विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरसको त्रास गाउँगाउँसम्म छ।  कोरोना संक्रमण त्रासले गाउँमा किसानले कामै छोडेको भन्ने समाचारप्रति स्वास्थ्य मन्त्रालयले ध्यानकर्षण भएको बताएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार बोल्दै मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले गाउँघरमा खेतीपाती गर्ने कि नगर्ने, आलु टिप्ने कि नटिप्ने, गाईवस्तु चराउने कि नचराउने भन्ने अन्यौलता रहेको समाचारप्रति मन्त्रालयको ध्यनाकर्षण भएको बताएका हुन्। उनले व्यक्तिगत दूरी कायम गरेर सबै काम गर्न मिल्ने प्रष्ट पारेका छन्।

    ‘अहिले गाउँबाट थुप्रै के समाचार आइराखेको छ भने खेतीपाती गर्ने कि नगर्ने, आलु टिप्ने कि नटिप्ने, गाईवस्तु चराउन जाने कि नजाने ?’, डा. कार्कीले भने, ‘व्यक्तिगत दूरी कायम राखेर आमनेसामने नबसिकन जुनसुकै काम गर्नुहुन्छ।’

    उनले परिवारका सदस्य कसैलाई ज्वरो आए, विदेशबाट आएको व्यक्तिमा कोरोनाको लक्षण देखिए उनीहरुले मास्क लगाए हुने तर कामै गर्नु नहुने भन्ने नभएको प्रष्ट पारे।

    ‘खेतीपाती गर्न मिल्छ, गाईवस्तु चराउन मिल्छ। घाँसकाट्न मिल्छ’, डा. कार्कीले भने, ‘यो चाहिँ असाध्यै ठूलो भय र त्रास भइराखेको छ। यो नलिन सबैलाई हार्दिक अनुरोध गर्दछु।’

    स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमण बढ्दै गर्दा क्लिनिकमा उपचार गर्ने नर्स र चिकित्सकलाई घरबेटीले घर छोड्न चेतावनी दिएको प्रतिसमेत ध्यानाकर्षण भएको बताएको छ। घरबेटीले चेतावनी दिएको भए तत्काल नजिकको प्रशासनमा गएर उजुरी गर्न मन्त्रालयले अनुरोध गरेको छ।

    ‘कोरोना क्लिनिकमा उपचार गर्ने नर्स र चिकित्सकलाई घरबेटीले घर छोड्न चेतावनी दिएकोसमेत गुनासो आएको छ’, डा. कार्कीले भने, ‘यदि त्यस्तो हो भने नजिकको प्रशासनमा गएर उजुरी गर्नुहोस्।’

    अहिले कोरोना संक्रमण नफैलिएको प्रष्ट पार्दै डा. कार्कीले यो फैलिए चिकित्सक र नर्सलाई सुविधासम्पन्न होटलमा राख्ने तयारी सरकारले गरिरहेकोसमेत उनले प्रष्ट पारे।

    कोरोना संक्रमण र नियन्त्रणका तीन रणनीति

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका लागि मुख्य तीन रणनीति अघि सारेको छ। मंगलबार पत्रकार सम्मेलनमा सरकारले तीन रणनीति सार्वजनिक गरेको हो। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अनिवार्य होम क्वारेन्टाइनमा बस्ने, नमुना परीक्षणको दायर बढाउने, अस्पतालको तयारी र व्यवस्थापन प्रमुख तीन रणनीति अघि सारेका जानकारी दिएका हुन्।

    क्वारेन्टाइनको कार्यान्वयन 
    स्वास्थ्य मन्त्रालयले पहिलो रणनीतिको रुपमा होम क्वारेन्टाइनलाई कडाईका साथ कार्यान्वयन गर्ने बताएको छ। यसका लागि स्थानीय निकाय र सुरक्षाकर्मीसँग समन्वय भएको प्रवक्ता देवकोटाले बताए। सँगै मन्त्रालये सबै नागरिकलाई जिम्मेवार भएर क्वारेन्टाइनमा बस्न अनुरोधसमेत गरेका छन्। यसले विदेशबाट आएका आफन्तमा संक्रमण रहेछ भने पनि अन्यत्र नफैलिने भएकाले यसलाई पहिलो रणनीतिको रुपमा अघि सारेको उनले प्रष्ट पारे।

    नमुना परीक्षणको दायर बढाउने 
    सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि नमुना परीक्षणको दायर बढाउने कुरालाई दोस्रो रणनीतिको रुपमा अगाडि सारेको छ। नेपालमा अहिलेसम्म विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण देखिएकाले सरकारले बाहिरबाट आएका व्यक्तिमा लक्षण देखिए तत्काल परीक्षण गर्ने रणनीति लिएको हो।

    अस्पतालको तयारी र व्यवस्थापन
    मन्त्रालयले तेस्रो रणनीतिको रुपमा अस्पतालको तयारी र व्यवस्थापनलाई अगाडि सारेको छ। अस्पतालमा ज्वरोको क्लिनिक, आईसीयू, अक्सिजन, आवश्यक जनशक्ति, सुरक्षा सामग्रीको व्यवस्थापनमा जोड दिएको छ। प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म धेरै तयारी पूरा भएको छ। स्वास्थ्यकर्मीको सुरक्षाका लागि पीपीईलगायत सामग्रीको जोहो भइसकेको प्रवक्ता देवकोटाले प्रष्ट पारे।

    सरकारले तीन रणनीतिमध्ये लकडाउन सबैभन्दा प्रभावकारी भएको दाबीसमेत गरेको छ। सरकारले लकडाउनलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय गरेको छ। लकडाउनलाई कडा बनाएर जाने विषयमा कोरोना संक्रमण नियन्त्रण तथा तथा रोकथाम उच्चस्तयरीय समितिले निर्णयसमेत लिएको प्रवक्ता देवकोटाले बताएका हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑