• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    घर फिर्तीको माग गर्दै सीमामै धर्ना

  • वीरगंज संजाल
  • १८ चैत्र २०७६, मंगलवार ११:४०
  • ३५३९

    भैरहवा| नेपाल प्रवेशको अनुमति नपाएर सुनौली नाकामा तीन दिनदेखि अलपत्र परेका सयौं नेपाली सोमबार रातिदेखि धर्नामा बसेका छन् । घर फिर्तीको माग गर्दै उनीहरुले दशगजा क्षेत्रमा धर्ना सुरु गरेका हुन् । उनीहरुले नेपाल सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा बस्न तयार रहेको समेत जनाएका छन् । 

    इलाका प्रहरी कार्यालय बेलहियाका अन्सुार धर्ना बस्नेमा महिला र बालबच्चा सहित करिब ४ सय जना छन् । सोमबार राति उनीहरु एकैसाथ नाकाबाट नेपाल प्रवेश गर्न खोजेका थिए । नेपालतर्फ तैनाथ सुरक्षाकर्मीले उनीहरुलाई रोकेपछि केहीबेर धकेलाधकेल भएको थियो ।

    भारतको गाजियाबादबाट घर फर्केका अर्घाखाँचीको मालारानी गाउँपालिका—३ का सुनिल खनालले आफूहरु नेपाल प्रवेश गर्न लाग्दा नेपाली सुरक्षाकर्मीले सामान्य लाठीचार्ज समेत गरेको बताए । ‘लाठीचार्ज हुन थालेपछि भाग्ने क्रममा एक/दुई लडे पनि गम्भीर घाइते भने कोही भएको छैन,’ खनालले भने, ‘त्यसपछि फर्किने क्रममा भारतीय सुरक्षाकर्मीले पनि हामीलाई रोकेपछि सीमामै धर्नामा बसेका हौं ।’ सीमामा अलपत्रहरुको नाम ठेगानासहितको विवरण माग गरिएकाले सबैले लेखेर बुझाउने क्रममा रहेको उनले जनाए ।

    जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी जनक थापाले ,नाकामा अलपत्र परेका नेपालीलाई के गर्ने भन्ने बारेमा अहिलेसम्म स्पष्ट कुनै निर्णय नआएको जनाए । ‘आन्तरिक तयारीमा जुटेका छौं,’ उनले भने ।

    नाकामा अलपत्र परेकाहरुलाई खानबस्न र खानेपानीको समस्या देखिएको छ । सीमावर्ती बेलहियाका युवा, भैरहवाका विभिन्न संस्था र भारत सुनौलीका स्थानीय मिलेर खानेबस्ने प्रबन्ध मिलाउँदै आएका छन् ।

    प्रदेश नम्बर ५ सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा क्षेत्रमा अलपत्रमा परेकालाई सम्बन्धित जिल्लामा समूह बनाई पठाउने निर्णय गरेको थियो । ती नागरिकलाई सम्बन्धित क्वारेन्टाइनमा राखी खानपिनको व्यवस्था गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको थियो ।

    उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना प्रकोप नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले सिमानामा रहेका नेपालीलाई स्वदेश आउन दिने निर्णय गरेको थियो। उक्त निर्णय भएको तीन दिन बितिसक्दा पनि भारतबाट आउने नेपालीले प्रवेश पाएका छैनन्। दार्चुला लगायतका सीमा नाकामा नेपालीले प्रवेश नपाएर नाराबाजी र धर्नामा बस्न लागेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप
  • युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न
  • यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

    पूर्वमन्त्री दीपक खड्का पक्राउ: केन्द्रीय अनुसन्धान ब्यूरो ले अवैध सम्पत्ति र बहुचर्चित काण्डहरूमा अनुसन्धान तीव्र बनायो

    कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    News

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    News

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    News

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑