• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सरकारले निजी स्कुलका दुई लाख शिक्षक–कर्मचारीको तलबबारे नबोलेको गुनासाे

  • वीरगंज संजाल
  • १७ चैत्र २०७६, सोमबार २२:३४
  • ३९०५

    काठमाडौँ | सरकारले निजी विद्यालयलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएपछि संचालकले अन्योल सिर्जना भएको बताएका छन् । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) र नेसनल प्याब्सनका पदाधिकारीले सरकारको आदेश अपूरो भएको बताएका हुन् ।

    आइतबार मन्त्रिपरिषदले माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय गरेको थियो।

    सरकारले कोभिड–१९ को संत्रासले गर्दा चैत ५ गतेभित्र कक्षा १–९ को परीक्षा लिइसक्नु पर्ने उर्दी यसअघि नै जारी गरेको थियो। त्यसैअनुसार सबै विद्यालयले परीक्षा लिइसकेका छन्। विद्यालय संचालकहरू चालू सत्रको नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्र २०७७ को तयारीमा जुटिरहेको जनाएका छन्। चालू सत्रको शुल्क मिनाहा गर्दा शिक्षक, कर्मचारीको तलब, विद्यालयको घर भाडा, बैंकको ब्याजबारे सरकारले सम्बोधन गर्न नसकेको उनीहरूको प्रतिक्रिया छ।

    ‘सरकारको निर्णयको बर्खिलापमा जान चाहेका होइनौं तर कुन महिनाको शुल्क लिन नपाउने भन्ने स्पष्ट भएन,’ प्याब्सनका सहअध्यक्ष डिके ढुंगानाले कान्तिपुरसित भने, ‘यदि चैतकै मिनाहा गर्नु पर्ने हो भने हाम्रा शिक्षक, कर्मचारीको तलब, विद्यालयको घर भाडा, बैंकको ब्याजसमेत कसो हुने भन्ने सरकारले स्पष्ट पार्नु पर्छ।’ उनले वैशाखमै नयाँ सत्र सुरु हनु नसक्ने भएकाले त्यतिखेर सरकारको निर्णय उपयुक्त हुने बताए।

    त्यसैगरी नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सस्तो लोकप्रियताका निम्ति गरेको निर्णय भएको बताए। ‘हामी सरकारलाई के कसरी सहयोग गर्न सकिन्छ भन्ने पक्षमा छौं तर सरोकार पक्षसित कुनै सोधबुझ नगरी सस्तो लोकप्रियताकै निम्ति गरेको निर्णयले मर्माहत भएका छौं,’ सापकोटाले भने, ‘देशभरिका निजी विद्यालयमध्ये ९५ प्रतिशत भाडाका घरमा सुचारु छन्। सरकारले अभिभावकबाट शुल्कचाहिँ लिन नपाउने तर घर भाडाचाहिँ नलिन अनुरोध गर्नेमात्र भनेपछि हाम्रो मर्ममाथि प्रहार भएको छ।’ निजी विद्यालयलाई सरकारले दिने रातहसमेत सार्वजनिक हुनुपर्ने उनले बताए।

    सहअध्यक्ष ढुंगानाका अनुसार सरदरमा एक विद्यार्थीबाट कम्तीमा पाँच सयदेखि ५ हजार रुपैयाँसम्म शुल्क उठाउने गरिएको छ। अभिभावकबाट लिइने शुल्कको ६० प्रतिशतभन्दा बढी तलब, घर भाडामा खर्च हुने संचालकको भनाइ छ। ‘कोभिड–१९ निजी विद्यालय क्षेत्रलाई मात्र लागेको होइन,’ ढुंगानाले भने, ‘यसको सट्टा राष्ट्रिय राहत कोषमा हाम्रो दायीत्व किटान गरिदिएको भए सजिलो हुन्थ्यो।’

    देशभरमा ६ हजार पाँच सय निजी विद्यालय छन्। सरकारकै तथ्यांकअनुसार शिशु कक्षादेखि कक्षा १२ सम्ममा २३ लाख विद्यार्थी निजी विद्यालयमा पढ्छन्। त्यसमा २ लाखभन्दा बढी शिक्षक कर्मचारी कार्यरत छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑