काठमाडौँ | संयुक्त राष्ट्र संघ (यूएन) शान्ति मिसनको सुरक्षामा खटिएका एक नेपाली सैनिकको हृदयघातका कारण मृत्यु भएको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार यूएनको सुडान मिसनमा खटिएका प्रमुख सेनानी रिदेश विष्टको मृत्यु भएको हो । विष्टको शव केही दिनमा नेपालमा ल्याइने छ ।
नेपालले यूएन मिसनमा लाखभन्दा बढी सैनिकहरु पठाएर विश्वमा शान्ति स्थापनार्थ काम गर्दै आइरहेको छ । नेपाल सबैभन्दा बढी शान्ति सेना पठाउने मुलुकको सूचीमा चौथो नम्बरमा छ ।