• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    दुई हजारको राहत लिन पाँचथरी फोटोकपी !

  • वीरगंज संजाल
  • १७ चैत्र २०७६, सोमबार १८:३७
  • ३६५९

    पोखरा | लकडाउनबाट प्रभावित अति विपन्न परिवारलाई लक्ष्य गर्दै पोखरा महानगरपालिकाले दुई करोड रुपैयाँको राहत प्याकेज घोषणा गरेको छ । जसअन्तर्गत पाँच जनाको एक परिवारले दुई हजार रुपैयाँ बराबरको राहत सामग्री पाउनेछन् । राहत लिने प्रक्रिया भने निकै झन्झटिलो छ ।

    लकडाउनले सुनसान पोखराको न्युरोड । तस्बिर: दीपक परियार/कान्तिपुर

    निवेदकले एक पानाको फारम भर्नुपर्छ। निवेदकको फोटो बुझाउनुपर्छ। पाँचथरी फोटोकपी बुझाउनुपर्छ। निवेदनसँगै नागरिकताको फोटोकपी, घरको नक्सापास, खानेपानी तथा विद्युत् महसुल तिरेको बिल वा घरबहाल सम्झौतापत्रको फोटोकपी बुझाउनुपर्ने नियम महानगरले बनाएको छ। जबकि लकडाउनले न फोटो खिच्ने ठाउँ खुला छ न त फोटोकपी गर्ने।

    दैनिक ज्यालादारीबाट गुजारा चलाउँदै आएका न्यूनतम पाँच जनाको परिवारलाई राहत प्याकेज उपलब्ध गराउने निर्णय सोमबार महानगरले गरेको हो। यो योजनाबाट महानगरले भनेजस्तो अतिविपन्न, सुकुम्बासी, श्रमिक लाभान्वित हुने सम्भावना कम भएको सरोकारवाला बताउँछन्।

    राहत माग फाराम। तस्बिरः कान्तिपुर

    पोखराको सिर्जनाचोकमा भाडामा बस्दै आएका ट्र्याक्टर चालक रमेश बास्तोला यो योजनाबाट पोखरामा घर भएका मात्रै लाभान्वित हुनसक्ने बताउँछन्। ‘आफ्नै घर भएकाले मात्रै यी कागजपत्र बुझाउन सक्छन्,’ उनले भने, ‘घर भएकालाई भन्दा भाडामा बस्नेलाई राहत चाहिएको छ। दिनभरि बालुवा चालेर बिहान–बेलुकाको छाक टार्नेले कहाँबाट ल्याउने यत्रो कागजपत्र?’

    महानगर प्रमुख मानबहादुर जीसी भने वडामै फोटोकपी गर्ने व्यवस्था भएकाले झन्झटिलो नहुने बताउँछन्। ‘यो योजना महानगरवासीलाई लक्षित गरेर ल्याइएको हो,’ उनले भने, ‘महानगरवासी भन्ने एउटा प्रमाण त चाहियो नि ! भोलि खरिद ऐनले समात्ला।’ महानगरवासी भोकै नमरुन् भन्ने उद्देश्यले योजना ल्याइएको उनले बताए। ‘अन्यत्रकाले राहत नलिउन् भन्न यस्तो प्रक्रिया अपनाउनुपर्‍यो,’ उनले भने।

    उनका अनुसार त्यस्ता परिवारको लगत संकलन टोल विकास समितिले गर्नेछ। पीडित परिवारले फारम भरेर आवश्यक कागजातसहित समितिलाई बुझाउनुपर्छ। वडाका जनप्रतिनिधिले लगत रुजु गर्नेछन्। प्रमाणित परिवारलाई वडा कार्यालयले टोकन दिनेछ। त्यही टोकनका आधारमा उनीहरूले आफूलाई पायक पर्ने पसलमा गएर सामान लिन सक्नेछन्। पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघसँग महानगरले समन्वय गरेको छ।

    प्योकजमा २५ केजी चामल, दुई केजी दाल, एक केजी नुन, एक लिटर तेल, एक केजी गेडागुडी दिने उल्लेख छ। सोमबार र मंगलबार तथ्यांक संकलन गरी बुधबारबाट राहत वितरण हुनेछ। पाँच जनाको परिवारलाई न्यूनतम १० दिनलाई पुग्ने गरी राहत प्याकेज बनाएको महानगर प्रमुख जीसीले बताए। ‘थोरै भए पनि राहत पुगोस् भन्ने हिसाबले प्याकेज घोषणा गरेका हौं,’ उनले भने, ‘दिनभरि काम गरेर बिहान–बेलुकाको छाक टार्नेलाई यसले सहयोग पुग्छ।’

    महानगरले सोमबार र मंगलबार प्रत्येक टोलमा खाद्यान्न बिक्री केन्द्र तय गर्ने भएको छ। त्यहीँबाट ग्राहकले दैनिक उपभोग्य सामग्री लिन पाउनेछन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑