विदेशबाट आएका व्यक्तिहरुको लगत संकलन गर्न वडाहरुलाई बीरगन्ज महानगरको निर्देशन
वीरगंज संजाल
१६ चैत्र २०७६, आईतवार २१:१३
२५५५
बीरगन्ज | बीरगन्ज महानगरपालिकाले विभिन्न देशबाट घर फर्किएका व्यक्तिहरुको लगत संकलन गर्न सम्पूर्ण वडाहरुलाई निर्देशन दिएको छ ।
३२ वटै वडाका वडाध्यक्षलाई आईतबार एक निर्देशन जारी गर्दै महानगरले वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वयंसेविका समेतको सहयोगमा उनीहरुको ट्राभल हिस्ट्री पत्ता लगाउन भनेको छ । गएको दुई हप्ता भित्रमा घर फर्किएका व्यक्तिहरुबारे पत्ता लगाई भोलि सोमबार अपरान्ह ४ बजेभित्र महानगरमा रिर्पोट गर्न र ततपश्चात त्यस्ता व्यक्तिहरुबारे प्रतिवेदन बनाई दैनिक रुपमा महानगरमा पेश गर्न भनिएको मेयर विजय कुमार सरावगीले जानकारी दिए ।
साथै, त्यस्ता व्यक्तिको स्क्रिनिङ्ग गरी आश्वयक परे क्वारेन्टाइनमा राख्न महानगरले भनेको छ । यसका साथै ती व्यक्तिहरुलाई अरु कसैसँग पनि भेट गर्न नदिन वडाअध्यक्षहरुलाई निर्देश गरिएको मेयर विजय कुमार सरावगीले बताए ।