गाउँपालिका अध्यक्ष मनोजकुमारद्वारा बिपन्न,गरिबलाई नि:शुल्क खाद्यान्न सामग्री बितरण
वीरगंज संजाल
१६ चैत्र २०७६, आईतवार ११:५३
३५३३
बिरगंज | नेपालमा लकडाउनकाे आज छौठो दिन पर्साकाे ग्रामिण भेग मा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताद्वारा नि:शुल्क खाद्यान्न सामग्री बितरण गरिएको छ ।
पर्साकाे ग्रामिण भेगमा पर्ने छिपहरमाई गाउपालिकामा रहेका अति बिपन्न,गरिब र दैनिक ज्यालादारी गर्ने मजदुर , असहाय जनतालाई भोकमरीको शिकार हुनबाट बच्न प्रत्येक घरधुरीलाई खाधान्नको ब्यवस्था गरेका हुन ।
सो गाउँपालिकामा रहेका गरिब कामदार परिवारलाई १० किलाे चामल , ३ किलाे अालुप्याज , साेयाबिन ५०० ग्राम ,तेल ५०० ग्राम ,नुन १ किलाे काे दरले बितरण गरेको जनाईएको छ।
विश्ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले अहिले आम मानिसलाई त्रासपूर्ण जिवन बिताउन बाध्य बनाएको छ । यस्तो त्रासका बिच पर्साको छिपहरमाई गाउँपालिकामा बिभिन्न जनचेतना मूलक कार्यक्रम गरि गाउँपालिकाका सम्पूर्ण वडाहरुमा आम जनतालाई सचेत गराई रहेको छ ।
साथै कोरोना संक्रमितलाई उपचार गर्न २० बेडकाे कराेना पिडित बिरामीकाे लागी क्वारेन्टाइन, अस्पताल तयारी गरिएको स्थानीय सुबाश साहले बताए ।
गाउँपालिकामा पर्ने जतिपनि सिमानाकाहरु छ्न ती सिमानाकाहरुमा उच्च निगरानी राखी हेल्प डेस्क द्वारा स्वास्थ्यकर्मि संग उच्च सतर्कतासाथ बाहिरबाट आउने मानिसलाई स्वास्थ्य परिक्षण गरी मात्र गाउँपालिकामा प्रवेश गराई रहेको बताए ।
यसका बावजुद पनि कोहि बाहिर वा बिदेशबाट लुकिछिपी गाउँपालिकामा आएको छ्न भने ती ब्यक्तिलाइ पहिचान गरेर गाउँपालिका अध्यक्ष वा सम्बन्धित निकायलाई खबर गर्दा गाउँपालिकाले उचित पुरस्कारको घोषणा समेत गरेको छ ।
कोरोना भाइरसबाट गाउँपालिकाका कोहि पनि जनता यसको संक्रमनमा नआउन दिन यस्तो कडा कदम चालेको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ताले बताए ।
यसका साथै आफनो गाउँपालिकाको एम्बुलेन्स सेवा पूर्णरुपमा निःशुल्क र २४ सै घण्टा जनतालाई सेवा दिने र अप्ठ्यारो पिडामा परेकोलाई गाउँपालिकाले चढने गाडी समेत उपलब्ध गराउने घोषणा गरेका छन।