ग्रीन सिटी द्वारा टोलमा व्यवस्थित तरकारी बाजार र अनलाइन सेवाको शुरुवात
वीरगंज संजाल
१५ चैत्र २०७६, शनिबार १७:३८
७४६७
वीरगन्ज । मुकेश खेतान । वीरगन्ज वासी हरुलाई कोरोना भाइरसको संक्रमण बाट सुरक्षित राख्न उद्देश्यका साथ ग्रीन सिटीले आज दुई वटा महत्वपूर्ण निर्णय गर्नु भएको छ। पहिलो निर्णय अन्तर्गत
दैनिक अति आवश्यक उपभोगका सामग्री हरुको किन मेलका लागी लक डाउनको अवधिमा छुटको समयमा एकासी अत्यधिक भीड़ भाड़ले गर्दा कोरोना वायरसकोCccccn संक्रमण बढ्न सक्ने संभावना लाई हद सम्म न्यून पार्नका लागिHz bn bvv ग्रीन सिटीको पहलमा अनलाइनमार्फत समान घरमा नै समान पुर्याउने व्यवस्था मिलाइएको जानकारी ग्रीन सिटी अध्यक्ष जय प्रकाश खेतान ले गराउनु भयो। अनलाइनबाट सम्मान किन्नका लागि फन् एंड फन नाम को बृजेश ज्यूको स्टोरमा ९८५५०२५०३६ ९९१९२८३६०५ मा र सिटी मार्ट नामको शंकर आचार्य ज्यूको स्टोरमा ९८४५०२१६७७ मा फोन गरि समान घर मै बसी बसी किन्न सक्नु हुनेछ।उपरोक्त स्टोर हरु आदर्श नगरमा रहेको छ । २ किलोमीटर सम्म को परिधि भित्र दुवै स्टोर हरुले आफ्नो सेवा दिनु हुने छ। दोश्रो निर्णय अन्तर्गत मुख्य मुख्य तरकारी बजारहरुमा मानिसहरूको भिड कम गर्ने र स्थानीयहरुलाई सहज सुलभ ढंगले तरकारी फलफूल उपलव्ध गराउने उद्देश्यले ग्रीन सिटी सामुदायिक सेवा केन्द्रको पहलमा आदर्श नगर स्थित पुरानो बसपार्कमा तरकारी बजार लगाउन तयारी भइरहेको र भोलि देखि यो सञ्चालनमा आउने जानकारी पनि गराउनु भयो।
साथ साथै किनमेल को लागि सार्वजनिक स्थलमा निम्नानुसारको आचरण गरि दिनु हुनका लागि पनि सर्व साधारण सँग अनुरोध गर्नु भएको छ।
(१) अनिवार्यरुपमा मास्क लगाउनुहोला। (२) सम्भव भयो भने ह्यान्ड गलब्ज लगाउनु होला। (३) साइकल, मोटरसाइकल, गाडीहरूको प्रयोग नगर्नुहोला, अन्यथा प्रहरीको कारवाहीमा पर्नु हुन्छ। (४) एक परिवार बाट एकजना मात्रै किनमेल को निस्किनु होला। एकभन्दा बढी व्यक्ति आइएकोमा पनि कारवाहीमा पर्न सक्नुहुन्छ। (५) घरमा वयस्क व्यक्ति हुनुहुन्छ भने वृद्ध व्यक्तिहरुलाई न पठाउनुहोला र एकजना व्यक्तिले मात्रै नियमित रुपमा बाहिर निस्कन बानी बसाल्नु होला। (६) किनमेल गर्दा तीन फिटको दुरी बनाएर राख्नु होला। मास्केले अनिवार्य रूपले मुख छोपेर नै राख्नु होला। (७) प्रहरी प्रशासनले लगाइएको नियमको पालना गरिदिनुहोला, यस्तो परिस्थितिमा उहाँहरुले आफ्नो सेवा दिइरहनुभएको छ, जति कडाई गर्नुभएको छ, यो उहाँ हरुको रहर होइन बाध्यता हो। उहाँ हरुले हामीलाई सुरक्षित बनाउनका लागि मात्रै यो कडाई गर्नु भएको कुरा पनि बुझिदिनुहोला। (८) आफ्नै टोलमा किनमेल गर्ने प्रयास गर्नुहोला, अनावश्यक रूपमा किनमेलको लागि टोल भन्दा बाहिर जाने स्थितीमा पनि प्रहरी कार्यवाहीमा पर्न सक्नुहुनेछ। (९) किन मेल गरेर घर फर्किसकेपछि लुगा, झोला, मास्क इत्यादि घरबाहिरै संग्रह गरेर राख्नु होला र तरकारीहरु लाई नुन-पानीले सफा पारेर मात्रै घर भित्र छिराउनु होला। (१०) हातखुट्टा, मुख राम्ररी साबुन-पानीले मिचीमिची सफा गर्नु होला र ह्यान्ड सैनिटाइजर को प्रयोग गर्नुहोला।
सकेसम्म घरमै घरमै बसौ,आफू पनि सुरक्षित रहौं, अरुलाइ पनि सुरक्षित राखौ।