• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    मास्क र पञ्जाले मात्रै कोरोनाबाट सुरक्षित हाेलान् सुरक्षाकर्मी?

  • वीरगंज संजाल
  • १३ चैत्र २०७६, बिहीबार १०:२७
  • ५८७९

    काठमाडाैँ |  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दिन प्रतिदिन बढिरहेको छ। भाइरसको संक्रमण १ सय ९५ वटा देशमा देखिसकेको छ।

    भाइरसको संक्रमणबाट गुज्रिएका देशहरु मध्य नेपाल पनि एक हो। अहिलेसम्म नेपालमा तीन जना संक्रमित भइसकेका छन्। संक्रमित भएका तीन जनामध्य दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ। एक जना निको भएर घर फर्किसकेका छन्। संक्रमित तीनै जना विदेशबाट नेपाल फर्किएका थिए।

    नेपालमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै सरकारले मंगलबारदेखि एक हप्ताका लागि देशभर ‘लकडाउन’को घोषणा  गर्‍याे। ‘लकडाउन’का बेला अधिकांश मानिस घर बाहिर ननिस्किए पनि कतियपले सरकारको ‘घर बाहिर ननिस्कनु’ भन्ने आग्रहलाई वेवास्ता गरिरहेका छन्।

    वेवास्ता गर्दै घर बाहिर निस्कने सर्वसाधारणलाई प्रहरीले सम्झाई बुझाई गरेर घर फर्काउने काम गरिरहेको छ। त्यसैले अहिले कोरोना भाइरस संक्रमणको जोखिम सुरक्षाकर्मीलाई पनि छ।

    ड्यूटीमा बसिरहेका सुरक्षाकर्मीले अन्य व्यक्तिले भन्दा अझ बढी सावधानी अपनाउन जरुरी देखिन्छ। विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणबाट बच्नका लागि देहाएका उपाय अपनाउन सबैलाई सुझाब दिँदै आइरहेको छ–

    – हाछ्यूँ गर्दा वा खोक्दा कुईनोले छोप्ने,

    – हातले जथाभावि आँखा, नाक र मुख नछुने

    – बेला–बेला साबुनपानीले २० सेकेन्डसम्म मिचिमिचि हात धुने वा सेनेटाइजर प्रयोग गर्ने

    – सोसल डिस्ट्यान्सिङ अर्थात दूरी कायम गर्ने

    यी सुझाव पालना गर्न सके कोरोना भाइरसको संक्रमणबाट सकेसम्म बच्न सकिने चिकित्सकहरुले बताएका छन्। स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मी र सर्वसाधारणको सुरक्षामा खटिएका सुरक्षाकर्मी संक्रमणको उच्च जोखिममा हुने भएका कारण उनीहरुले यस्ता सवधानी अपनाउन जरुरी देखिएकाे छ।

    ‘ज्यानको माया सबैलाई उस्तै’ हुन्छ। मंगलबारदेखि व्यस्थापनमा खटिएका सुरुक्षाकर्मी बेला–बेलामा हात धोइरहेका थिए। उपत्यकामा पछिल्लो समय हात धुनकै लागि विभिन्न ठाउँमा धाराको व्यवस्था गरिएको छ। उनीहरु आफूले ‘ड्यूटी’ गरिरहेको ठाउँ नजिकै राखिएको धारामा पुगेर साबुन पानीले हात धोइरहेका थिए।

    बेला–बेला हात धोइरहेका उनीहरुलाई देख्दा लाग्यो– आफ्नो स्वास्थ्यप्रति सजक छन्।

    तर उनीहरुले एकअर्कासँग दूरी भने कायम गरेको देखिएन।

    विश्व स्वास्थ्य संगठनले एक व्यक्ति अर्को व्यक्तिसँग बोल्दा वा भेट्दा तीन फिटको दूरी काम गर्न सबैलाई आग्रह गरेको छ। त्यसैले पनि दूरी कायम गर्न उनीहरुका लागि अत्याआवश्यक कुरा हो। बाटोमा ‘ड्यूटी’मा खटिएका उनीहरु सर्वसाधारणलाई सोधपुछ गरिरहँदा दूरी कायम गर्न सकेका छैनन्।

    आफ्नो कर्तव्य निभाइरहँदा सुरक्षाकर्मी कति सुरक्षित छन् त? यसरी सुरक्षा सामाग्री नअपनाई काममा खटिँदा उनीहरुमा संक्रमणको जोखिम हुँदैन? उनीहरुका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) कति आवश्यक छ? सहकार्य गरेर काम गरिरहेका उनीहरुले एक अर्कासँग दूरी कामय गर्न कति सहज छ?

    कोरोना भाइरस संक्रमण भएका व्यक्तिको पुष्टि भइरहँदा सुरक्षाकर्मीले बेला–बेला हात धुने बाहेक अन्य सावधानी अपनाउन पाएका छैनन्। उसो त उनीहरु एक अर्कासँगै ग्रुप बनाएर उभिरहेका थिए। कुराकानी गरिरहेको थिए।

    तर सुरक्षामा खटिएका प्रहरी मात्र नभएर सबैले एक अर्कासँग दूरी कायम गर्न अति नै आवश्यक रहेकाे नेपाल प्रहरीका सहप्रवक्ता उमेश राज जोशीले बताए।

    उनले भने, ‘हामीले सबैलाई बेला–बेला हात धुन, मास्क र पञ्जा प्रयोग गर्न, एकअर्कासँग दूरी कायम गर्न सुझाव दिइरहेका छौँ। यो हामी सबैका लागि उत्तिकै आवश्यक छ।’

    जोशीका अनुसार देशमा कुनै पनि घटना घट्ने वित्तिकै त्यसको व्यवस्थापन गर्ने काम सुरक्षाकर्मीको भएका कारण उनीहरु सधै जोखिममा रहने गर्छन्।

    उनले थपे,‘जहाँ जे भएपनि सुरक्षाकर्मी पुग्नै पर्छ। भोलिका दिनमा संक्रमण फैलिएर बिरामीको व्यवस्थापन गर्न वा बिरामीलाई उठाउन सुरक्षाकर्मी चाहिन्छ। तर आफ्नै सुरक्षाका लागि उचित सामाग्री छैनन्।’

    बेला–बेलामा हात धाेएर र सुरुक्षाका लागि प्रयोग गरिएका मास्क र पञ्जाले उनीहरुलाई संक्रमित हुनबाट कति बचाउँला ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट
  • सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंज भंसार बीओपीमा तस्करीको रेट लिस्ट

    News

    सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु

    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑