

सरकारले खाद्यवस्तु,औषधी,दुध लगायतको अत्यावश्यक समान खरिद गर्न घर बाहिर निस्किन सकिने भने पनि भिडभाड नगर्न आदेश जारी गरेको छ । तर वीरगन्जमा स्थानियहरुले आवश्यक भन्दा बढी मात्रमा भिडभाड गर्ने गरेका छन् ।

सरकारले स्वास्थ्य,सुरक्षा,खाद्यवस्तु,खानेपानी,दुध,विद्युत,दूरसञ्चार,भन्सार,फोहरमैला व्यवस्थापन लगायतका कारोबार गर्ने पसल बन्द हुने स्पष्ट पारेको भए पनि पोखरिया,वीरगन्ज लगायतको ठाउँमा खाद्यवस्तु लगायतको पसलहरु पूर्ण रुपमा बन्द नै रहेको छ ।


