वीरगंजका ५ जनालाई कोरोना संक्रमणकाे आसंका, नारायणी अस्पताल वीरगंजकाे काेरेन्टाइनमा भर्ना
वीरगंज संजाल
११ चैत्र २०७६, मंगलवार २१:०९
९१५९
वीरगंज ।विदेशबाट घर आएका ५ जनालाई आज नारायणी अस्पताल वीरगंजकाे काेरेन्टाइनमा भर्ना गरिएकाे छ । विदेशबाट आएकाहरुलाई काेराेना भाइरस संक्रमण भएकाे हुन सक्ने अशंकामा काेरेन्टाइनमा भर्ना गरिएकाे हाे ।
कातारबाट आएका ४ जना र भारतकाे बैंगलाेरबाट आएका एक जना गरी ५ जनालाई काेरेन्टाइनमा भर्ना गरिएकाे अस्पतालका मेसु डा. मदन कुमार उपाध्यायले वताए । पर्साकाे विभिन्न ठाउँमा विदेशबाट आएकाहरुलाई प्रहरीले ल्याएर अस्पताल पुर्याए पछि काेरेन्टाइनमा राखिएकाे मेसु डा. उपाध्यायले जानकारी गराए ।