• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    शिवकुमार रुंगटालाई कोरोना लागेको भनेर प्रशासन र पत्रकारलाई कस्ले मिसगाइड गर्‍यो ?

  • वीरगंज संजाल
  • १० चैत्र २०७६, सोमबार ११:१०
  • ७७८३

    काठमाडौं । वीरगंजका एक व्यवसायीलाई कोरोना संक्रमण भएको खवर आइतबार साँझ फैलियो । स्थानिय मिडिया हुँदै राष्ट्रय तथा भारतीय मिडियाहरुमा समेत समाचार सार्वजनिक भएपछि सबैको ध्यानआकृष्ट भयो । भारत बिहारको पटना मेडिकल कलेज अस्पतालमा करिब एक हप्तादेखि उपचाररत व्यवसायी शिवकुमार रुंगटामा कोरोना संक्रमण भएको खवरले सबैमा त्रास बढ्यो ।

    स्थानीय प्रहरी प्रशासनले पनि रुंगटालाई संक्रमण भएको खवर आएको पुष्टि गरे । तत्कालै पर्सा प्रहरीले उनको परिवारलाई घरमै क्वारेन्टाइनमा बस्न आग्रह पनि गर्यो । वीरगंज महानगरपालिकाको आकास्मिक बैठक नै बस्ययतिबेलासम्म विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नेपाल भित्रियो भनेर सामाजिक सञ्जालका भित्ताहरु भरिसकेका थिए । तर त्यसको केही घण्टापछि रुंगटालाई कोरोना संक्रमण नभएको रिपोर्ट सार्वजनिक भयो । उनको नमूना परीक्षणको रिपोर्टमा नेगेटिभ आयो ।

    त्यसपछि मिडियाले गलत समाचार सार्वजनिक गरेको भन्दै आलोचना सुरु हुन थाल्यो । हजारौंको ज्यान लिइसकेको कोरोना भाइरस जस्तो गम्भिर रोगलाई मिडियाले हल्का रुपमा लिएर अफ्वा फैलाउने काम गरेको भनेर आलोचना भइरहेको छ ।

    मिडिया कसरी दोषी ?

    पीएमसीएच अस्पतालमा उपचाररत शिवकुमार रुंगटा (दाजु) सँगै पटनामा रहेका सुरेश रुंगटाले स्थानीय प्रशासनमा फोन गरे । उनले आफ्नो दाजुको कोरोना संक्रमणको आशंकमा गरिएको नमूना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताए ।सञ्चारकर्मिसँगको संवादमा पनि उनले पटना ल्यावमा गराएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको जानकारी गराए ।

    पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले वीरगंजका एक व्यवसायी शिवकुमार रुंगटालाई कोरोना संक्रमण भएको पुष्टि भएको खवर प्राप्त भएको स्ट्याटस फेसबुकमा लेखे ।
    संक्रमित भनिएका रुंगटाका भाईसँगको संवाद, प्रहरी प्रशासनसँगको जानकारी र सांसद यादवको फेसबुक स्ट्याटसलाई कोड गर्दै सबैजसो मिडियाले सामाचार सार्वजनिक गरे । तर केही समय पछि उनले स्ट्याटस डिलिट गरे ।


    वीरगंजका एक पत्रकार र सुरेश रुंगटा (भाइ)बीचको संवाद

    पत्रकार– सरी फर डिस्टर्बींंंङ ! तपाइहरु त पहिला देखि नै एकदम तनावमा हुनुहुन्छ ।

    सुरेश रुंगटा– एकदम हो भन्नुन ।

    पत्रकार– ५ बजेर ३६ मिनेट रिपोर्टको टाईम लेखिएक छ ?

    सुरेश रुंगटा– हँ…हामीहरुलाई राती १० बजे पाउछौं पूणे हस्पिटलबाट ।

    पत्रकार– पुणेको हो ?

    सुरेश रुंगटा– पुणेले पटनालाई दियो, पटनाले हामीलाई दियो ।

    पत्रकार– यसमा पुणेको कुनै अस्पतालको जिकिर गरेको छैन ।

    सुरेश रुंगटा– ऊ..उ जिकिर गर्दैन ।

    पत्रकार– यसमा आईसीएमआर जुन छ राजेन्द्रमा मेमोरियल रिसर्च इन्टिच्युट अफ मेडिकल साइन्स, यो उसैको नाम हो ?

    सुरेश रुंगटा– हँ उसैको नाम हो ।

    पत्रकार– हँ आछा, यसको मतलब पटनावाला पीएमसीएच अस्पतालले पुणेमा पठाएछ हैन ? पुणेमा कुन ल्याबमा गएको थियो ?

    सुरेश रुंगटा– सरकारी ल्याबमा । त्यहाँ एउटै मात्र ल्याब छ । सबै त्याँही पठाउँछ ।

    पत्रकार– आछा यो भन्नुहोस् पटनामा कतिवटा चेकजाँचमा पोजेटिभ आएको थियो ?

    सुरेश रुंगटा– एकै ठाउँमा गरेको थियो ।

    पत्रकार– कुन तारिकमा गरेको थियो ?

    सुरेश रुंगटा– आजै भएको थियो । दिउँसो ३ बजे । पटनावाला त्यही न्यूजमा आइरहेको छ हैन ?

    पत्रकार– ए..३ बजेबाट आइरहेको छ हैन ।

    सुरेश रुंगटा– अँ..’जी न्यूज’मा आइरहेको छ हैन । त्यही देखेर हामीले पनि प्रशासनलाई पहिले जानकारी गराउँ भनेर जानकारी गरायौँ ।

    पत्रकार– फेरी तपाईहरुले अर्काे भन्नुभयो ?

    सुरेश रुंगटा– …अँ त्यो भनेको थिएन, पुणेवालामा नेगेटिभ आयो ।

    पत्रकार– हेर्नुहोस् १,२ घण्टामा कित तनाव भए सबै

    सुरेश रुंगटा– उम्…पुरा वीरगंज तनाव भयो

    पत्रकार– वीरगंज के, पुरा देश हल्लियो । सबै सीमानाका बन्द गरिदियो । रासस 

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑