• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    नेपाल आएकी मिस वल्र्ड अर्गनाइजेशनकी सिइओ मोर्लीमा कोरोना पोजेटिभ !, हल्ला असत्य: सुरज वैद्य

  • वीरगंज संजाल
  • १० चैत्र २०७६, सोमबार ०५:५२
  • ५२४७

    नेपाल पर्यटन वर्षको प्रवद्र्धनका लागी मार्चको पहिलो साता नेपाल आएकी मिस वल्र्ड अर्गनाइजेशनकी प्रमुख कार्यकारी अधिकृत जुलिया मोर्लीमा कोरोनाभाइरसको संक्रमणको आशंका गरिएको छ। लेखिका तथा विभिन्न सौन्दर्य प्रतियोगिताकी निर्णायक रहिसकेकी स्याली एन फसेटले आफ्नो ट्वीटर ह्याण्डल @sallyann16 मा यसबारे जानकारी दिएकी हुन् ।उनले गए राति ११ः१६ बजे गरेको ट्वीटमा भनेकी छिन्, “मिस वल्र्ड अर्गनाइजेशनकी सिइओ मोर्लीमा दुई साता अघि कोभीड १९ पोजेटिभ भेटिएको छ ।

    यद्यपि उनले ८१ वर्षिय मोर्लीको स्वास्थ्य सुधारको बाटोमा रहेको पनि जनाएकी छिन् ।‘नेपाल भ्रमण वर्ष २०२०’ का राष्ट्रिय संयोजक सुरज वैद्यको निमन्त्रणामा गएको २२ फागुन (५ मार्च) मा नेपाल आएकी मोर्ली भोलिपल्टै फर्केकी थिइन् । मिस वल्र्ड २०१९ टोनी एन सिंह तथा मिस वल्र्ड अर्गनाइजेशनका निर्देशक स्टिभ डग्लससँगै नेपाल आएकी मोर्ली नेपाल रहँदा नक्सालस्थित होटल मेरियटमा बसेकी थिइन् ।उनको सम्मानमा पर्यटन मन्त्री योगेश भट्टराईको उपस्थितिमा रात्रिभोज आयोजना गरिएको थियो । रात्रिभोजमा मन्त्री भट्टराई सहित विभिन्न व्यक्तित्व सहभागी थिए ।  

    भोलिपल्ट २३ फागुनमा हेलिकप्टरबाट मिस नेपाल खतिवडा, श्रेष्ठ, हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारसहित केही पत्रकारहरुसँगै मोर्लीको टोली हेलम्बुस्थित निर्माणाधीन ग्रेट हिमालयन ट्रेल र मकवानपुरको कैलाश गाउँपालिका चेपाङ बस्तीमा निर्माणाधीन अस्पतालको अवलोकन गर्न पुगेको थियो ।मोर्लीको टोलीलाई हेलम्बुमा हेलम्बु गाउँपालिकाका प्रमुख निमा ग्याल्जेन शेर्पालगायतले स्वागत गरेका थिए । मिस नेपाल श्रेष्ठ र खतिवडा ‘ब्यूटी वीथ पर्पस’ रुपमा आयोजनासँग जोडिएका छन् । सिन्धुपाल्चोक र मकवानपुरको भ्रमण पश्चात उनी त्यही रातको उडानबाट फर्केकी थिइन् ।मोर्लीलाई दुई साता अघि कोरोनाभाइरस पोजेटिभ भेटिएको भन्ने फसेटको ट्वीटलाई आधार मान्दा नेपालमा रहँदै वा ट्रान्जिटमा उनलाई संक्रमण भएको अनुमान गर्न सकिन्छ ।

    यदि त्यसो हो भने नेपाल आगमनदेखि नफर्कदासम्मको उनको पदचिन्ह पहिल्याउन र उनको सम्पर्कमा आएका व्यक्तिहरुलाई आइसोलेशनमा राख्न राख्नुपर्ने देखिन्छ ।यद्यपि पूर्व मिस नेपाल खतिवडाले भने मोर्लीलाई ज्वरो मात्र आएको ट्वीट गरेकी छिन् ।तर, भ्रमण वर्षका संयोजक वैद्यले भने हालै ट्वीटमार्फत आफ्नी श्रीमति रितुले मोर्लीसँग कुराकानी गरेको र उनले आफूमा उक्त फ्लुका संक्रमण नभएको बताएको उद्धृत् गरेका छन् ।वैद्यले ट्वीटमा मोर्लीको जवाफ भन्र्दै ‘आफूलाई फ्लु भएको बारे अपव्याख्या भएको हुनसक्ने’ बताएको उल्लेख गरेका छन् ।उनले मोर्लीले आफू ठीक भएको बताउँदै घातक संक्रमणले सताइएकाहरू चाँडै निको हुने बारे प्रार्थना गरिरहेको र उपचारमा भ्याक्सिन पत्ता लाग्ने विश्वास पनि व्यक्त गरेको लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित
  • अफिमसहित चार जना पक्राउ
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    अफिमसहित चार जना पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    स्वास्थ्यकर्मी पपु यादव वर्षौंदेखि कार्यस्थलमा अनुपस्थित

    News

    अफिमसहित चार जना पक्राउ

    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑