• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    बीरगन्जका एक जनामा कोरोना, पर्सामा यस्तो छ तयारी

  • वीरगंज संजाल
  • ९ चैत्र २०७६, आईतवार २१:५०
  • ६३७३

    बीरगन्ज | एका बिहानै भारतको बिहारबाट आएको एक समाचारले कोरोनाबाट बच्नका लागि नेपाली तयारीलाई झन् दुरुस्त बनाइरहन पर्छ भने बताएको छ । कोरोना संक्रमणबाट बिहारमा एक जनाको ज्यान गएको छ भने अर्का एक जना उपचाररत छन् । यसँसगै भारतमा कोरोना संक्रमणका कारण ज्यान जानेहरुको संख्या ७ पुगेको छ ।यस्तै, बीरगन्जका एक जना व्यक्तिमा पनि कोरोना संक्रमण (कोभिड १९) देखिएको छ । भारतको बिहारस्थित पटनामा रहेको पीएमसीएच अस्पतालमा उपचाररत ६७ वर्षीय शिव कुमार रुंगटालाई कोरोना संक्रमण पुष्टि भएको पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले बताएका छन् ।

     

    बीरगन्ज घर भएका रुंगटा खदान व्यवसायी भएको यादवले फेसबुक स्ट्याटसमा उल्लेख गरेका छन् । बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो ।६ दिन अघि बिरामीलाई वीरगञ्जको एक अस्पतालले पटना रिफर गरेको थियो । संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई  अस्पताल लगिएको थियो ।यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।

     

    अबको तीन हप्ता अत्यन्तै सतर्क हुनुपर्ने
    एक कोरोना विशेषज्ञका अनुसार सावधानी नअपनाइए कोरोनाको सुनामी आउन सक्छ । अबको तीन हप्ताभित्र आवश्यक तयारी नगरे भारत धेरै क्षति व्यहोर्ने अर्को देश बन्ने उनको भनाई छ । सेन्टर फर डिजिज डायनामिक्सका निर्देशक डा. रामानन लक्ष्मीनारायणले कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने जोखिममा अब भारत रहेको भन्दै तयारी अवस्थामा रहनुपर्ने बताएका छन् । विश्वका १६८ देशमा देखिएको कोरोनाबाट ३ लाख मानिस संक्रमित छन् । मर्नेको संख्या १३ हजार नाघेको छ । संसारभर तीव्र गतिमा बढिरहेको संक्रमण अब भारततर्फ आउन लागेको डा. रामाननको विश्लेषण छ ।

     

    अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द
    यता, नेपालमा कोरोनाको असरलाई न्युन राख्न अत्यावश्यक बाहेकका सबै कार्यालय बन्द गरिएका छन् । सरकारले सकभर बाहिर ननिस्कन आग्रह गरेको छ । सैनेटाईजर तथा मास्कको प्रयोग बढाउन भनेको छ । बजारमा बढी भिडभाड हुने कार्यालय तथा सार्वजनिक स्थलहरु बन्द गरिएका छन् । लामो दुरीका सवारीमा बन्देज लगाइएको छ । देश बाहिरबाट आउनेहरुलाई कडा चेकजाँच तथा क्वारेन्टाईनमा बस्ने व्यवस्था मिलाइएको छ ।देशका विभिन्न स्थानमा क्वारेन्टाईनका लागि घर तथा होटलहरु सरकारलाई जिम्मा लगाइएको छ । देशकै सब भन्दा ठूलो महानगर काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरिसकेको छ । उक्त कोषबाट महानगरपालिकाका साना, मझौला र ठूला वडाहरुलाई क्रमशः २ लाख, ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकाशा गर्ने महानगरले जनाएको छ ।

     

    त्यस्तै, महानगरले विभिन्न स्थानमा स्वास्थ्य जनशक्तिसहित हेल्प डेस्क स्थापना गर्ने र निःशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्ने बताएको छ । त्यस्तै, भरतपुर महानगरपालिकाले वडा नं. १० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० शय्याको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरेर सन्चालनमा ल्याएको छ । जितपुर सिमरा उपमहानगरले पनि विशेष उपचार केन्द्र निर्माण गर्दैछ ।

     

    बीरगन्जमा ५० शय्याको आईसोलेसन वार्ड सन्चालनमा
    बीरगञ्ज महानगरपालिकामा पनि कोरोनाको संक्रमण न्युन पार्न प्रयासहरु भईरहेका छन् । ५० शय्याको आईसोलेसन वार्ड परवानीपुरस्थित केडिया आँखा अस्पतालमा सञ्चालनमा आइसकेको छ । आईसोलेसन वार्डमा शंकास्पद ३ जना बिरामीको उपचार भएको जसमध्ये २ जनाको डिस्चार्ज भईसकेको र अर्को १ जनाको उपचार भईरहेको जनाइएको छ । बीरगञ्जसहित नेपाल अधिराज्य भरि कोरोना पोजिटिभ भएका व्यक्ति अझै फेला परेका छैनन् ।

     

    त्यस्तै, बीरगञ्ज महानगरपालिकामा रहेका वडाहरुमा सैनेटाईजर छर्ने काम पनि प्रारम्भ भएको बीरगञ्ज महानगरका मेयर विजय कुमार सरावगीले बताए । मेयर सरावगीका अनुसार महानगर अन्तर्गतका ८ वटा वडामा शनिबारसम्म सैनेटाईजर छरिसकिएको छ भने ४ वटा वडामा आईतबार साँझसम्म छरिसकिने छ । बिहारमा कोरोना देखिएको छ, बीरगन्जमा के छ तयारी ? भन्ने प्रश्नमा मेयर सरावगीले भारतसँगको प्रमुख नाका भएकाले केन्द्र सरकारले निर्णय गर्ने बताए । केही दिनका लागि बीरगञ्जका सबै व्यापार व्यवसाय र नाका बन्द गर्ने आफुहरुको मनसाय भएपनि केन्द्र सरकारको निर्णय बमोजिम आफुहरु हिँड्ने मेयर सरावगीले बताए ।

     

    उनका अनुसार कोेरोनाको जोखिम कम गर्न आधारभुत सावधानीहरु अपनाइएको छ । यहाँका सर्वसाधारणलाई साबुन पानीले हात धुन, मास्क र सैनेटाईजरको प्रयोग, सामाजिक दुरी बढाउन, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको छ । यस्तै, सर्वसाधारणहरुको धेरै भेला हुने स्थललाई अर्को सुचना नआउन्जेल सम्मका लागि बन्द गराइएको छ ।

     

    बीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिने
    यसैगरी, बीरगञ्ज नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नागरिकलाई क्वारेन्टाइनमा राखिने भएको छ । नेपाली नागरिकहरुका हकमा होम क्वारेन्टाइनमा बस्ने सहमति गरेर छाडिनेछ । कहाँबाट आएको हो, कुन स्थानीय तहमा के–का लागि जाने लगायतका विवरण लिएर होम क्वारेन्टाइनमा बस्ने सहमति लिएर छोडिने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए । ‘सेल्फ क्वारेन्टाइनमा बस्नेहरुको विवरण लिएर पठाउँछौैं,’ सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले भने । उनीहरुको विवरण सम्बन्धित स्थानीय तहमा पठाएर अनुगमन गर्न भनिने उनले बताए ।

     

    बीरगञ्ज–रक्सौल बाहेकका सबै नाका बन्द गर्ने निर्णय
    यसैबीच, पर्साका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार कार्कीको अध्यक्षतामा आइतबार बसेको जिल्ला सुुरक्षा समितिको बैठकले बीरगञ्ज–रक्सौल बाहेकका सबै नाका बन्द गर्ने निर्णय पनि गरेको छ । बैठकले शंकराचार्य गेटस्थित हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने, बीरगन्ज–१६ स्थित नेपाल आर्युवेद मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा क्वारेन्टाइन स्थापना गरी सञ्चालन र व्यवस्थापनको संयोजन गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । साथै, सहयोगका लागि बीरगन्ज महानगरपालिका, नारायणी अस्पताल, नेशनल मेडिकल कलेज लगायतलाई अनुरोध गरिने भएको छ । सीमा क्षेत्रमा भिडभाड कम गर्न बीरगञ्जबाट रक्सौलतर्फ जाने स्थानीय रुटका टेम्पो, ई–रिक्सा, टाँगा लगायतका सवारी साधनलाई भन्सार गेटबाटै फर्काउने निर्णय भएको छ । भारततर्फ जाने लामो रुटका गाडीहरु यसअघि नै रोकिएका छन् । कोरोनाका कारण आईतबारसम्म विश्वभरिमा मृत्यु हुनेको संख्या १३ हजार ५ सय नाघेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑