एभरेष्ट पेरेन्त्रलस द्वारा कोरोना विरुद्ध जागरूकता अभियान
वीरगंज संजाल
८ चैत्र २०७६, शनिबार २१:१६
१३६३३
बीरगंज | विश्व व्यापी रूपमानै कोरोनाको भय त्रास अब नेपालमा पनि नेपाली हरुलाई डराउन थाले पछि एभरेष्ट पेरेन्त्रलस प्रा. लि. ले काठमाडौं र वीरगञ्जमा जागरूकता अभियान सञ्चालन गर्नु भएको छ।आज ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र सँग सहकार्य गरि एभरेष्ट पेरेन्त्रलसले वीरगञ्जमा ह्यान्ड सैनिटाइजरको प्रयोग विधि र महत्व बारे जानकारीको साथै सैनिटाइजर उपलब्ध गराउनु भएको जानकारी पेरेन्त्रलसका मुख्य प्रशासनिक अधिकृतले जानकारी गराउनु भयो भन्ने काठमाडौंका विभिन्न सार्वजनिक स्थानहरुमा बाहुबली सिमेन्ट सँग संयुक्त आयोजनामा ह्यान्ड सैनिटाइजर उपलब्ध गराउनु को साथै जागरूकता कार्यक्रम गरी रहनु भएको जानकारी पेरेन्त्रलसका प्रमुख कार्यकारी अधिकृत उमङ्ग राणासरियाले दिनु भयो।
विगतमा पनि एभरेष्ट पेरेन्त्रलसले विरगंजको विभिन्न स्थान हरुमा ट्राफिक बेरीकेडस र बी. पी. उद्यानमा एल. ई. डी. स्क्रीन उपलब्ध गराउनु भएको थिए।आज ग्रीन सिटीले पनि वयोधा अस्पताल सँग समन्वय गरि निशुल्क फेस मास्क वितरण र तापक्रम मापने कार्यक्रम गर्नु भएको थिए।कार्यक्रममा ग्रीन सिटी अध्यक्ष प्रकाश खेतान, ग्रीन सिटी सदस्य हरु, प्रहरी उपरीक्षक गंगा पन्त, ट्राफिक प्रहरीका कमल राज पण्डित, सञ्चार कर्मी र स्थानिय हरुको उपस्थिति रहेको थिए।