कोरोना अवसर तथा चुनौथी विषयकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न { भिडियो }
वीरगंज संजाल
८ चैत्र २०७६, शनिबार २०:०३
४९९९
वीरगञ्ज । कोरोना अवसर तथा चुनौथी विषयक’ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वातावरण जिउने आधार, भोलुन्टियर समुह तथा वीरगञ्ज उधोग वाणिज्य संघको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रम स्थलमा प्रवेश गर्नु अगाडी सहभागीहरुलाई मास्क तथा सैनेटाईजार प्रदान गरिएको थियो । साथै कार्यक्रमका सहभागिहरुकालाई करिब २/२ मिटरको दुरीमा बस्ने व्यवस्था मिलाइएको थियो ।
वातावरण जिउने आधार संस्थाका जिल्ला अध्यक्ष रोहित वर्णवालको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नारायणी अस्पतालका मेसु डा. मदन उपाध्याय, डा. निरज सिंह र डा. लक्ष्मी थापा लगायतकाले कोरोना सम्बन्धी जिज्ञासाहरुका बारेमा प्रष्ट पारेका थिए ।कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, पर्सा प्रहरी उपरिक्षक गंगा पन्त, वीरगञ्ज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेकपाका युवा नेता रहबर अन्सारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।साथै कार्यक्रममा पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछानेले कोरोना अवसर र चुनौतीका बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले कोरोनाबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा ध्यान दिनुपर्ने बताए । साथै साबुन पानीले नियमित रुपमा साबुन पानीलै हात धुने बानी बसाल्न आग्रह गरेका थिए । यस्तै अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कनका लागि पनि सुझाव दिएका थिए ।वीरगञ्ज उधोग वाणिज्य संघको सभाहलमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सहजीकरण भोलुन्टियर समुहका संयोजक राजन श्रीवास्तवले गरेका थिए ।