• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    होमपेज / देश

    भरतपुरमा ७२ घण्टामै ५० शय्याको अस्पताल, बीरगन्जमा भने बल्ल छलफल

  • वीरगंज संजाल
  • ७ चैत्र २०७६, शुक्रबार २२:२९
  • २४३३

    बीरगन्ज | देशभरका स्थानीय तहले आ–आफ्नै तवरले कोरोनाको संक्रमणबाट जनतालाई बचाउन तयारी गरिसक्दा बीरगन्ज महानगरले भने बल्ल छलफल शुरु गरेको छ ।देशकै सब भन्दा ठूलो महानगर काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरिसकेको छ । उक्त कोषबाट महानगरपालिकाका साना, मझौला र ठूला वडाहरुलाई क्रमशः २ लाख, ३ लाख र ४ लाख रुपैयाँका दरले बजेट निकाशा गर्ने महानगरले जनाएको छ । त्यस्तै, महानगरले विभिन्न स्थानमा स्वास्थ्य जनशक्तिसहित हेल्प डेस्क स्थापना गर्ने र निःशुल्क मास्क तथा सेनिटाइजर वितरण गर्ने बताएको छ ।

    त्यस्तै, भरतपुर महानगरपालिकाले वडा नं. १० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० शय्याको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरेर सन्चालनमा ल्याएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड शुक्रबारदेखि नै सञ्चालनमा आएको छ । अस्पतालमा परिचालन हुने चिकित्सक, कर्मचारी र स्वास्थ्यकर्मीलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को निर्देशन अनुसार आवश्यक तालिम समेत दिइएको छ ।

    त्यस्तै, अस्पतालमा परिचालन हुने स्वास्थ्यकर्मीलाई शत प्रतिशत प्रोत्साहन भत्ता र सुरक्षित पोशाकको व्यवस्था गरिएको उहाँले बताउनुभयो । कोरोनाको आशङ्का भएका बिरामीलाई मात्र यस अस्पतालमा राखिने छ । अस्पतालमा रहने बिरामी र स्वास्थ्यकर्मीका लागि आवश्यक खानादेखि इन्टरनेटसम्मका सुविधाको व्यवस्था गरिएको छ । महानगरपालिका प्रमुख दाहालको संयोजकत्वमा रहेको १५ सदस्यीय कार्यदलले ७२ घण्टामा अस्पताल तयार गरी सञ्चालन गरेको हो ।

    टाढा जानै परेन, बाराको जीतपुर सिमरा उपमहानगरपालिकाले समेत वडा नम्बर २ सिमरामा कोरोना अस्थायी उपचार केन्द्र निर्माणको तयारी शुरु गरिसकेको छ । जीतपुर सिमरा भित्र रहेका भवनहरूको अध्ययन गरी प्राविधिक रूपमा तराई यातायातको दक्षिणपट्टी रहेको जाली फ्याक्ट्रीको भवनमा तत्काल २५ शैय्या र आवश्यकता अनुसार ५ सय शैय्या सम्मको विस्तार गर्न सकिने गरी उपचार केन्द्र निर्माण गर्ने तयारी गरेको हो । जीतपुर सिमरा उपमहानगरपालिकाको अगुवाइमा नेपाली सेना अमलेखगंज, इलाका प्रशासन कार्यालय सिमरा, नेपाल प्रहरी, सशस्त्र प्रहरीको प्राविधिक सहयोगमा सो उपचार केन्द्र निर्माण हुन लागेको उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलले जानकारी दिनुभयो ।

    यसैगरी, व्यक्तिगत रुपमा नै बीरगञ्जका एक होटल व्यवसायीले कोरोना भाइरस संक्रमितको क्वारेन्टाइनका लागि आफ्नो होटल दिने घोषणा शुक्रबार बिहानै गरे । होटल तथा पर्यटन व्यवसायी संघ बीरगन्जका अध्यक्ष बुद्धिबहादुर पन्त (हरि)ले होटल निशुल्क उपलब्ध गराउने घोषणा गरेका हुन् । बैशाख १ गतेसम्मका लागि १७ वटा कोठा भएको होटल क्लासिक निशुल्क उपलब्ध गराउने उनले बताए ।

    तर दिनहुँ लाखौं मानिस भित्रिने बीरगन्जमा भने प्रदेश नं. २ को एकमात्र बीरगन्ज महानगरले बल्ल–बल्ल कोराना महामारीलाई नियन्त्रण गर्न शुक्रबार छलफल गरेको छ । बैठकले कोभिड–१९ अर्थात कोरोना भाईरसको संक्रमणलाई भित्रिन नदिन बीरगन्ज महानगरपालिकामा ६० जना सदस्य रहने समन्वय समिति गठन गरेको छ । बीरगन्ज महानगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा सो समन्वय समिति गठन भएको हो । गठित समितिका सदस्यमा महानगरपालिकाका सबै वडा अध्यक्ष, बीरगन्जमा संचालित अस्पतालका प्रमुखहरु, विभिन्न गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी र समाजसेवी सदस्य रहेका छन् ।

    बैठकमा नगरप्रमुख सरावगीले संक्रमण रोकथामका महानगरले ५ लाख रुपैंया विनियोजन गरेको बताए । साथै, आवश्यक परे अझै रकम विनियोजन गर्ने पनि जानकारी दिए । उनले कोरोना रोगको संक्रमणबारे वडा–वडामा व्यापक रुपमा सचेतना अभियान चलाउनुका साथै शंकास्पद व्यक्तिहरुलाई राख्न नगर क्षेत्रमा क्वारेन्टाइन कक्ष स्थापना गर्ने, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि आवश्यक उपकरण तथा पोशकको व्यवस्था गर्ने, सिमाक्षेत्रमा स्वास्थ्य परिक्षणका लागि आवश्यक उपकारणको व्यवस्था गर्ने निर्णय भएको बताए । त्यस्तै, संक्रमणको उच्च जोखिम्मा रहेको सिमावर्ती शहर बीरगन्जमा भारतबाट संक्रमण भित्रिन नदिन समन्वय समितिले सिमा क्षेत्रमा भएका निगरानीको अनुगमन गर्नुको साथै यसबाट बच्ने उपाएकाबारे सर्वसाधारणमा जनचेतना वृद्धिको कार्य गर्ने बताइएको छ ।

    शुक्रबार मात्रै योजना बनाएको समितिलाई योजना कार्यन्वयन गर्न कुन दिनको साइत जुर्ने हो, त्यो चाहिँ हेर्न बाँकी छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत
  • वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै
  • पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत
  • बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    बाराको कलैया बजारमा अनुगमन : खरिद बिल नदेखाउने ९ पसललाई कारवाही

    त्रियुगा नदी नियन्त्रणका लागि लगाइएको बाँध भत्कियो, १० बिगाहा खेतमा बाढी

    बागलुङमा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु

    निजी विद्यालयको शुल्कको विरोध

    निजगढमै कम क्षतिमा विमानस्थल बनाउँछौं: प्रधानमन्त्री

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ५ वर्षीया बालिका १६ वर्षीय किशोरबाट ब’लात्कृत

    News

    वीरगञ्जको गौतम स्कुलले अभिभावकसँग करोडौँ ठग्दै

    News

    पर्साको बहुदरमाई नगरपालिकाका किसानहरु चिन्तीत

    News

    बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते

    News

    वीरगंजमा केन्द्रीय कार्यकारिणी समितिको बैठक


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑