• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    एसइई परीक्षामा पर्साबाट ८ हजार ५९ र बाराबाट ८ हजार १४ परीक्षार्थीहरु सम्मिलित हुदैं

  • वीरगंज संजाल
  • ४ चैत्र २०७६, मंगलवार ०६:१३
  • ४८४५

    बीरगन्ज | यस वर्षको माध्यमिक शिक्षा परीक्षामा (एसइई) पर्साबाट ८ हजार ५९ परीक्षार्थी सम्मिलित हुने भएका छन् । आगामी चैत ६ गतेदेखि सञ्चालन हुने परीक्षामा नियमिततर्फ ७ हजार ४ सय १२, एक्जाम्टेड र ग्रेडवृद्धितर्फ ५ सय ३ तथा प्राविधिकतर्फ १ सय ४४ जना परीक्षार्थीले परीक्षा दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख फत्त बहादुर श्रेष्ठले जानकारी दिए । एसइई परीक्षा २०७६ का लागि पर्सामा साविककै २४ वटा केन्द्रहरु कायम गरिएका छन् ।

    २४ केन्द्रहरुमध्ये १३ वटा केन्द्र बीरगन्ज महानगरभित्र रहेका छन् भने बाँकी ११ वटा पर्साका अन्य स्थानीय तहहरुमा कायम गरिएका छन् । त्यस्तै, २४ वटा परीक्षा केन्द्रहरुमध्ये २३ वटा नियमित परीक्षार्थीका लागि कायम गरिएको र १ वटा केन्द्र एक्जाम्टेड तथा ग्रेडवृद्धि गर्न आवेदन दिएका परीक्षार्थीका लागि कायम गरिएको श्रेष्ठ ले जानकारी दिए ।

    एसइई परीक्षाका लागि पर्सामा सम्पूर्ण तयारी पूरा भएको उहाँको भनाई छ । परीक्षाका लागि आवश्यक प्रश्नपत्र बाहेकका शैक्षिक सामाग्रीहरु केन्द्रहरुमा पु¥याउने काम भइरहेको र केन्द्राध्यक्षहरुको अभिमुखिकरणका लागि पनि तयारी भइरहेको उनले बताए । २४ वटा केन्द्राध्यक्षहरु बाहेक परीक्षाका लागि ५६ जना सह–केन्द्राध्यक्ष, ४ सय २ जना निरीक्षक, ७५ परीक्षा सहयोगी र १ सय ६४ जना कार्यालय सहयोगी नियुक्त गरिएको जानकारी प्राप्त भएको छ । यस्तै, यस वर्षको एसइईमा कारागारबाट ३ जना र बाल सुधार गृहबाट ६ जना परीक्षार्थी समेत सम्मिलित हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख श्रेष्ठले जानकारी दिए ।

    यस्तै, कोरोनाको संक्रमणले गर्दा एसइई सर्न सक्ने हल्ला न्युन र निराधार भएको पनि उनले प्रस्ट पारे । बरु, परीक्षार्थीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै, एसइईका प्रत्येक केन्द्रहरुमा हेल्थ डेस्क स्थापना गर्ने तयारी भइरहेको प्रमुख श्रेष्ठले बताए ।

    उता, बारा जिल्लाबाट यस वर्ष एसइई परीक्षामा ८ हजार १४ परीक्षार्थीहरु सम्मिलित हुने भएका छन् । बाराबाट परीक्षामा नियमिततर्फ ७ हजार ६ सय ८०, एक्जाम्टेड र ग्रेडवृद्धितर्फ ३ सय ३४ तथा प्राविधिकतर्फ २ सय ५ जना परीक्षार्थीले परीक्षा दिन लागेको बाराको शिक्षा विकास तथा समन्वय इकाईका परीक्षा शाखाका प्राविधिक सहायक सन्तोष शर्माले जानकारी दिए । बारा जिल्लामा एसइई परीक्षाका लागि ३२ वटा केन्द्र तोकिएको उनले जानकारी दिए । ३२ वटा केन्द्रहरुमध्ये ३१ वटा नियमित र १ वटा केन्द्र एक्जाम्टेड र ग्रेडवृद्धि परीक्षार्थीहरुका लागि तोकिएको जनाइएको छ ।

    राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको परीक्षा तालिका अनुसार चैत्र १७ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ । त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • अमला एक फाइदा अनेक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    News

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑