चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । कोरोना भाइरस अहिले विश्वमै महामारी बनेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी समस्याको रुपमा घोषणा गरिसकेको छ ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार कारोना भाइरसको कारण विश्वभर १ लाख ५३ हजार ६ सय ४८ भाइरस संक्रमित र ५ हजार ७ सय ४६ को मृत्यु भएको छ ।विश्वका सबै देशले भाइरस संक्रमण हुनबाट जोगिन अनेकौं प्रयास गरे पनि यसबाट मृत्यु हुनेको संख्या भने अझै रोकिएको छैन। चीनमा भाइरस संक्रमितको संख्या घटेको छ । तर अहिले भाइरस चीन बाहेक अन्य देशमा फैलिरहेको छ ।
विश्वका १ सय ४६ देशमा भाइरस फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा अहिले कोरोना भाइरसको कारण दुईको मृत्यु र संक्रमित हुनेको संख्या १ सय ७ पुगेको छ ।
चीनमा ३ हजार २ सय ४ जनाको मृत्यु भएको छ भने ८१ हजार ४८ मानिसहरु संक्रमित भएका छन् । चीनमा कोरोनाको संक्रमणमा सुधार आएपछि आवतजावत खुकुलोे तथा उद्योग, कलकारखाना खुल्न थालेका छन् ।
यस्तै इटालीमा २१ हजार १ सय ५७ संक्रमित र १ हजार ४ सय ४१ को मृत्यु भएको पुष्टि भएको छ । चीनपछि भाइरस संक्रमित र मृत्यु हुनेको संख्या अधिक हुनेमा इटाली दोस्रो देश हो । भाइरसले अहिले केन्द विन्दु बनाएको युरोपका तीन देशको तथ्यांक अनुसार भाइरसका कारण एकै दिनमा मृत्यु हुनेको संख्या अहिले सम्मकै उच्च भएको बताइएको छ । तेस्रो भाइरस प्रभावित हुने देश इरान हो । इरानमा १२ हजार ७ सय २९ संक्रमितमध्ये ६ सय ८ को मृत्यु भएको छ । बेलायतमा पनि एकै दिनमा भाइरस संक्रमित हुनेको संख्या सर्वाधिक पुगेको छ । कोरोनाबाट बेलायतमा ३५ पुगेको पुष्टि भएको छ ।
त्यस्तै स्पेन पाचौं भाइरस प्रभावित देश हो । भाइरस संक्रमण नियन्त्रणका लागि स्पेनले त्यँहाका नागरिकहरूलाई अत्यावश्यक सामग्री, औषधि किन्न वा काममा जाँदाबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । स्पेनमा दुई हप्ताका लागि संकटकाल घोषणा गरिएको हो । इरानमा अहिलेसम्म ६ सय ८ को मृत्यु भएको छ भने १२ हजार ७ सय २९ संक्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार दक्षिण कोरियामा ८ हजार १ सय ६२, स्पेनमा ५ हजार ७ सय ५३, फ्रान्समा ४ हजार ४ सय ६९, जर्मनीमा ३ हजार ७ सय ९५, अमेरिकामा १ हजार ६ सय ७८, स्वीजरल्याण्डमा १ हजार ३ सय ५९, नेदरल्याण्डमा ९ सय ५९, बेलायतमा १ हजार १ सय ४४, डेनर्माकमा ८ सय २७, स्वीडेनमा ९ सय २४, नर्वेमा ९ सय ७, जापानमा ७ सय ८०, कतारमा ३ सय ३७, अष्ट्रलियामा २ सय ४९, मलेसियामा २ सय ३८, कुवेतमा १ सय १२, यूएईमा ८५, कोरोना भाइरस संक्रमित भएका छन् ।
चीनले आफ्नो देशमा कोरोना भाइरसको महामारी अन्त्य भएको घोषणा पनि गरेको छ । चीनमा वुहानबाहिर थप नयाँ संक्रमित नदेखिएको कारण चीनले भाइरसको महामारी अन्त्य भएको घोषणा गरेको हो । अमेरिकामा पहिलो पटक कोरोना भाइरस विरुद्धको खोप परिक्षण गर्न लागिएको छ । अमेरिकाको सीयाटलमा सोमबार ४५ जना अमेरिकी स्वयंसेवीमा खोपको परिक्षण गर्न लागिएको हो।