• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कर्मचारी नहुँदा २ महिनादेखि सेवा बन्द

  • वीरगंज संजाल
  • ३ चैत्र २०७६, सोमबार २३:४०
  • ५२६७

    वीरगन्ज | पर्साको चार वटा गाँउपालिकालाई कार्यक्षेत्र तोकेर सुपौलीमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयको सेवा प्रवाह २ महिनादेखि ठप्प छ । २ महिनादेखि शाखा अधिकृत नहुँदा कार्यालयमा सेवा लिन पुग्ने सेवाग्राही रित्तै हात फर्किन बाध्य छन् । जिल्लाको सुदुर पश्चिममा रहेका जीराभवानी, ठोरी, जगरनाथपुर र पटेर्वासुगौली गरी ४ गाँउपालिका कार्यक्षेत्र तोकेर सुपौलीमा एक वर्ष पहिले इलाका प्रशासन कार्यालय स्थापना गरिएको थियो ।

    तर कार्यालयमा गत पौष मसान्तदेखि नै शाखा अधिकृत नहुँदा चार वटा गाँउपालिकाका सेवाग्राही सास्ती खेप्न बाध्य छन् । कर्मचारी समायोजनका क्रममा तत्कालीन शाखा अधिकृत विनय श्रीवास्तव पौष मसान्तदेखि अन्तै सरुवा भएर गएका थिए ।

    त्यसपछि उनको स्थानमा गृह मन्त्रालयले डेढ महिना पहिले सुपौलीको इलाका प्रशासन कार्यालयमा शाखा अधिकृत कुन्दन कर्णलाई सरुवा गरेर पठाएको थियो । तर कर्ण अहिलेसम्म पनि कार्यालयमा हाजीर भएका छैनन् ।

    कार्यालयमा पौष मसान्तदेखि करारका एक सुब्बा, एक कम्प्युटर सहायक र एक कार्यालय सहयोगी गरी ३ कर्मचारी कार्यरत छन् । तर शाखा अधिकृत नहुँदा नागरिकता प्रमाणपत्र जारी गर्ने, राहदानी सिफिरिस, मधेसी दलित जनजाति प्रमाणित लगायतको काम दुई महिनादेखि रोकिएको छ ।

    सुपौलीको इलाका प्रशासन कार्यालयमा नागरिकता बनाउनका लागि मात्रै दैनिक औसतमा ५० जनाको हाराहारीमा सेवाग्राही पुग्ने गरेका छन् । तर अहिले कार्यरत करारका कर्मचारीले शाखा अधिकृत नभएकोले काम हुन नसक्ने जवाफ दिएर फर्काइ दिने गरेका छन् ।

    ठोरी नयाँवस्तीकी मनिषा बोहोराले नागरिकता बनाउन आफू एक सातादेखि कार्यालयमा धाइरहेको गुनासो गरिन् । ‘एक हप्तादेखि कार्यालय धाइरहेको छु, कर्मचारीले भोलि-भोलि भनेर टारिरहेका छन्’, सोमबार कार्यालयम भेटिएकी बोहोराले भनिन्, ‘आज (सोमबार) फेरि कार्यालयमा आउँदा शाखा अधिकृत नै आएका छैनन्, काम हुँदैन भने।’

    भान्जाको नागरिकता बनाउन भनेर सोमबार कार्यालयमा पुगेका महादेवपट्टीका सत्यराज घिमिरे पनि १५ दिनदेखि कार्यालयमा धाइरहेको तर काम नभएको गुनासो गर्छन् । कार्यालयमा पुग्दा कर्मचारीले शाखा अधिकृत आज भोलि आउने भन्दै टार्दै आएका छन्’, घिमिरेले भने, ‘प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दा पनि कुनै सुनुवाइ भएको छैन ।’

    सुपौलीमा इलाका प्रशासन कार्यालय बनेपछि चार गाँउपालिकाका सेवाग्राहीले वंशजको नागरिकता सुपौलीकै इलाका प्रशासन कार्यालयबाटै लिनु पर्ने बाध्यकारी नियम छ । त्यसैले सदरमुकामको जिल्ला प्रशासन कार्यालयमा पनि जान नसकेको घिमिरेले बताए ।

    कार्यालयमा लामो समयदेखि शाखा अधिकृत नभएका कारण नागरिकता बन्न नसकेको आक्रोशमा गत फागुन २२ गते जिराभवानी गाउँपालिका ५ का  दुई युवकले कार्यालयमा तोडफोड पनि गरेका थिए ।

    पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने मन्त्रालयले एक महिना पहिले नै शाखा अधिकृत कुन्दन कर्णलाई सुपौलीको इलाका प्रशासन कार्यालयमा पठाएको भए पनि कर्ण अहिलेसम्म हाजीर नभएको जानकारी दिए ।

    ‘अहिले म काठमाडौंमै छु, मन्त्रालयमा गएर बुझ्दा कर्ण एक साता पहिले नै रवाना लिएर हिँडेको जानकारी पाए’, प्रमुख जिल्ला अधिकारी कार्कीले भने, ‘यदि बुधबारसम्म पनि कर्ण कार्यालयमा हाजीर भएनन् भने बिहीबारदेखि अर्कै शाखा अधिकृतलाई सुपौलीको इलाका प्रशासन कार्यालयमा पठाइने छ ।’ रासस annapurnapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑