• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  अर्थतन्त्र

    अन्तर्राष्ट्रिय कारोबारमा देखिएन कोरोना प्रभाव

  • वीरगंज संजाल
  • Mar 16, 2020, 11:34 pm
  • ३४८७

    वीरगन्ज | वीरगन्ज नाका भएर हुने अन्तर्राष्ट्रिय कारोबारमा कोरोनाको प्रभाव देखिएको छैन। भारत र तेस्रो मुलुकसँग सबैभन्दा कारोबार वीरगन्ज नाकाबाटै हुने गर्छ। यस नाकामा वीरगन्ज र सिर्सिया सुख्खा बन्दरगाह गरी दुई भन्सार छन्।

    यी दुवै भन्सार हुँदै भारत तथा तेस्रो मुलुकबाट वस्तुको आयात र राजस्व संकलनमा कोरोनाको असर नरहेको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन्। गत फागुन महिनामा भारतलगायत तेस्रो मुलुकबाट वीरगन्ज नाकामा ६७ अर्ब २८ करोड ८६ लाख मूल्य बराबरको वस्तु नेपाल भित्रिएको छ। गत आर्थिक वर्षको यस अवधिमा ६५ अर्ब ९९ करोड २५ लाखको वस्तु आयात भएको थियो।

    गत वर्षभन्दा यसवर्षको फागुनमा एक अर्ब २९ करोड ६० लाख बढी मूल्यको सामान भारत तथा तेस्रो मुलुकबाट आयत भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ। सबैतिर कोराना भाइरसको प्रभावका कारण वस्तु आयत/निर्यातमा प्रभाव परे पनि वीरगन्ज भन्सारमा कुनै असर देखिएको छैन।

    सुख्खा बन्दरगाहमा पनि वस्तु आयातमा कोरोना संक्रमणको असर नदेखिएको कार्यालयले जनाएको छ। फागुनमा बन्दरगाह हुँदै २८ करोड २६ लाख ६९ हजार रुपैयाँ मूल्यको वस्तु भारततर्फ निर्यात भएको छ। गत वर्ष यस अवधिमा २६ करोड ९२ लाख २६ हजार मूल्यको वस्तु निर्यात भएको थियो। फागुन महिनाभर दुवै भन्सार कार्यालयले १४ अर्ब ८५ करोड १० लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेका छन्। राजस्व संकलनमा भने गत वर्षको तुलनामा यस वर्ष १२ करोड २२ लाख रुपैयाँ कम असुल भएको छ।

    वीरगन्ज भन्सार कार्यालयका प्रमुख ढुण्डीप्रसाद निरौलाले वस्तु आयात/निर्यातमा कोरोनाको कुनै असर नदेखिएको बताए। ‘कोरोनाको कारण नभइ होली पर्व परेका कारण फागुनमा राजस्व असुलीमा केही प्रभाव परेको हो,’ उनले भने, ‘होलीमा ४ दिन जति मालवस्तुको आयात घट्यो।’ सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले पनि कोरोनाको सन्त्रासले बन्दरगाहमा वस्तु आयात/निर्यातमा कुनै असर नपरेको बताए।

    चीनबाट आयत हुने वस्तुमा भने केही कमी आएको उनको भनाइ छ। तर, भारतलगायत अन्य तेस्रो मुलुकसँगको कारोबार भने नियमित भइरहेको श्रेष्ठले बताए। अहिलेसम्म कुनै प्रभाव नदेखिए पनि संक्रमण फैलिँदै गए केही सातामा कारोबारमा कमी आउने उनले जानकारी दिए। ‘अहिले जति माल आयत भइरहेका छन्, ती सबै दुई महिना अघिकै कन्साइन्टमेन्टका हुन्,’ श्रेष्ठले भने, ‘तर, नयाँ कन्साइन्टमेन्ट रोकिएका छन्। त्यसैले पनि एक/दुई सातापछि त्यो असर देखापर्ला।’रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न
  • रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य
  • धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो
  • भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    महाधिवेशन गर्ने देउवा पक्षको निर्णयबारे कांग्रेस संस्थापन पक्ष के भन्छ?

    काठमाडौं आइपुगे भारतीय प्रधानसेनापति सेठ

    रगतको कमि भैरहेको बिरगंजमा गुडविल सोसाइटीद्वारा छपकैया मा बृहत् रक्तदान कार्यक्रमको आयोजना , ४२ जनाले गरे रक्तदान ।

    भारतका लागि पूर्वनेपाली राजदूत हर्षनारायण धौभडेलको निधन

    बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्ज भन्सार नाकामा रातिको समयमा खुलेआम तस्करीको आरोप, प्रहरी प्रशासनमाथि प्रश्न

    News

    रोबोटिक्सदेखि एआईसम्म, नेपाली विद्यार्थीको क्षमता विकास गर्न क्यान-दुर्शिक्षा बीच सहकार्य

    News

    धनुषा : करेन्ट लागेर एक महिलाको ज्यान गयो

    News

    भाटभटेनी सुपरस्टोर अब चौबिसै घण्टा खुल्ने

    News

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑