बिरगंज । उच्च अदालत जनकपुर , अस्थायी ईजलास बिरगंजले सोमबार बिरगंज महानगर पालिका विरुद्ध परमादेश जारी गरेको छ ।
सोमबार ५ नम्बर ब्रेन्चमा माननीय न्यायाधीश श्री अब्दुल अजिज मुसलमान र माननीय न्यायाधीश श्री बलभद्र बास्तोलाको सन्युत्त ईजलासले सो फैसला सुनाएको हो।उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमार भुजेलले दायर गर्नु भएको मुद्दा न. 0७६-WO- 00६९ र मुद्दा परमादेश सम्बन्धमा बिरगंज महानगर पालिका कार्यालय समेत उपर दायर गरेको परमादेशको रिट उपर आज सुनवाई भएको छ ।
रिट निवेदन अजित कुमार भुजेलले बिरगंज महानगर पालिका कार्यालय समेत जिल्ला प्रशासन कार्यालय पर्सा , जिल्ला प्रहरी कार्यालय पर्सा , बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बिरगंज , माछा मासु व्यवसायी सघ पर्सा उपर बिरगंज महानगर भित्र अव्यवस्थित
माछा मासु बिक्री बितरण , अस्वस्थयकर माछा मासु , वातावरण दुसित , मानव स्वास्थ्यलाई असर पुग्ने र शहरको सुन्दरतामा ह्रास आउने गरि अव्यवस्थित रुपमा माछा मासु पसलहरु संचालन गरेकोमा सोलाई व्यवस्थित गर्ने सम्बन्धमा बिरगंज महानगर पालिका कार्यालयलाई समेत उपर दायर गरेको रिट बिपक्षी उपर परमादेशको आदेश गरि पाउ भनी दिएको निवेदन उपर आज सुनवाई भएको हो।