एजेन्सी । कोरोना भाइरस अर्थात कोभिड १९ को सैक्रमणका कारण इटालीमा एक मेयरको ज्यान गएको छ । चीनपछि सबैभन्दा बढी महामारीकरीका रुपमा फैलिएको इटालीमा फैलिएको कोरोनाका कारण हालसम्म १ हजार ८ सय नौं जनाको मृत्यु भइसकेको छ ।
त्यसैगरी २४ हजार ७ सय ४७ जनामा संक्रमण भेटिएका छन् । कोरोना भाइरसका कारण उत्तरी इटालीको चेने नगरपालिकाका मेयर गोर्जियो भ्यालोटीको मृत्यु भएको पुष्टि भएको छ।