• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV

    थप विवरण

    होमपेज / देश

    किन सोचेभन्दा तीव्र फैलिरहेको छ कोरोना भाइरस ?

  • वीरगंज संजाल
  • ३ चैत्र २०७६, सोमबार ०८:३०
  • २८३९

    काठमाडौं । अहिले कोरोना भाइरस (कोभिड–१९)को प्रकोप विश्वभर तीव्र गतिमा फैलिइरहेको छ । प्राय सबैजसो देशहरुले कोरोना भाइरसको रोकथामका लागि आफ्नो भएभरको शक्ति लगाएका छन् । तर यसको औषधि पत्ता लगाउन सकेका छैनन्, जसका कारण ज्यान गुमाउने र संक्रमितहरुको संख्या बढ्ने क्रम जारी छ ।

    सामान्यतया भाइरस मानिसबाट मानिसमा सर्छ । पहिले नै संक्रमित भएका व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई पनि भाइरस संक्रमण हुन्छ । यो कुरा साँचो हुन्थ्यो भने यो धेरै खुसीको कुरा हुन्थ्यो । किनकी यसको लक्षण देखिएका मानिसलाई पहिचान गरी आइसोलेसनमा राखेर उपचार गर्दा भाइरसको नियन्त्रण सजिलै रोक्न सकिन्थ्यो ।

    तर अमेरिकाको मासाचुइट्सको घटनाले भने कोरोना भाइरस मानिसबाट मानिसमा सर्छ भन्ने कुरालाई गलत सावित गरिदिएको छ । अहिले यहाँ ८२ मानिसमा यसको संक्रमण देखिइसकेको छ । जबकी यहाँका कुनै पनि व्यक्ति पहिले कोरोना संक्रमितको सम्पर्कमा थिएनन् । कोरोना संक्रमणको लक्षण पनि देखिएको थिएन । तर, अहिले मासाचुइट्समा मात्रै संक्रमितको संख्या ८२ पुगिसकेको छ । अहिलेसम्म अमेरिकाका आधा दर्जनभन्दा बढी मानिसमा पनि यस्तो कुनै लक्षण नदेखिए पनि भाइरसको संक्रमण फैलिएको पाइएको छ । अधिकारीहरुले यसअघि यो भाइरस लक्षण देखिएका मानिसबाट यो रोग सर्न सक्ने बताएका थिए ।

    कुनै लक्षण नदेखिएका मानिसबाट पनि यो भाइरस अरूमा धेरै सर्छ भन्ने कुरा पुष्टि भइसकेको छ

    मार्च १ मा अमेरिकाको स्वास्थ्य तथा मानव सेवामन्त्री एलेक्स अजरले लक्षण नदेखिएको मानिसबाट यो रोग फैलिने जोखिम निकै कम रहेको बताएका थिए । उनले सबैलाई कसैमाथि आशंका भए उनीहरुको लक्षण हेर्न सुझाएका थिए । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पनि यस्तै बताएको थियो । केन्द्रले पनि यो भाइरस शरीरमा यसको संक्रमणपछि लक्षण देखिनुभन्दा पहिला नै सर्नसक्ने तर यो भाइरस सर्ने मुख्य कारण भने नरहेको उल्लेख गरेको थियो ।

    शनिबार अमेरिकी राष्ट्रपति कार्यालयको कोरोना भाइरस रेस्पोन्स कोर्डिनेटर डा. डेबोराह बिरएक्सले अहिले कोरोना भाइरस २० वर्षभन्दा कम उमेरका मानिसमा धेरै लक्षण नदेखिनुको कारण पत्ता लगाउने प्रयास गरिरहेको बताएकी छिन् । उनले यो भाइरस लक्षण देखिएका वा नदेखिएका मानिसबाट कसरी सर्छ भन्ने कुरा थाहा पाउँदासम्म उनीहरुले धेरै मानिसलाई यो भाइरसको संक्रमण सारिसकेको हुनसक्ने बताए । त्यसैले आफूहरुले सबै अमेरिकी नागरिकलाई यो भाइरसको विस्तार रोक्न व्यक्तिगत जिम्मेवारी दिन आग्रह गरेको उनको भनाइ छ ।

    कुनै संकेत विना नै सर्ने रोगको भूमिका

    धेरै विज्ञहरुले सीएनएनलाई दिएको अन्तर्वार्तामा अहिलेसम्म कति प्रतिशत रोग लक्षण देखिएका मानिसबाट सर्ने र कति प्रतिशत लक्षण नदेखिएका मानिसबाट सर्छ भन्ने पत्ता नलागेको बताएका थिए । यसअघि अनुमान गरिएको भन्दा कुनै लक्षण नदेखिएका मानिसबाट पनि यो भाइरस अरूमा धेरै सर्छ भन्ने कुरा भने पुष्टि भइसकेको छ ।

    ‘हामीले अहिले के थाहा पाएका छौं भने लक्षण नदेखिएका मानिसबाट सर्नुले यो भाइरसको संक्रमण बढाउन निकै महत्वपूर्ण भूमिका खेल्छ’, मिन्नेसोटा युनिभर्सिटीका संक्रमित रोग अनुसन्धान केन्द्रका निर्देशक माइकल ओस्टरहोल्मले भने । उनले यस किसिमको संक्रमण रोक्न निकै कठिन हुने पनि बताए ।

    दुई साताअघि एक समाचार पत्रिकामा बिल गेट्सले पनि कुनै लक्षण नदेखिएका मानिसबाट यो रोग सर्नसक्ने भन्दै त्यसबारे चिन्ता व्यक्त गरेका थिए । उनले कुनै रोग नदेखिएका मानिसबाट सरेको पुष्टि भइसकेकाले यसअघिको सार्स र मार्सजस्ता भाइरसको तुलनामा यसलाई नियन्त्रण गर्नु निकै कठिन रहेको बताएका थिए । अन्य मानिसहरु पनि कुनै लक्षण नदेखिएका मानिसबाट यो रोग सर्ने सम्भावना बढी रहेकोमा सहमत छन् । अहिले कुनै लक्षण नदेखिएका मानिसबाट नै यो भाइरसको संक्रमण बढ्दो क्रममा रहेको अन्य विशेषज्ञहरुले पनि बताउँदै आएका छन् ।

    मासाचुएट्सबाट फैलिएको प्रकोप

    अमेरिकामा तीन हजारभन्दा बढी मानिसमा कोरोना भाइरसको प्रकोप फैलिएको छ । साथै ६८ जनाको ज्यान यो भाइरसको कारण गइसकेको छ । गत फेब्रुअरी महिनामा क्याम्ब्रिज बायोटेक्नोलोजीका तीन कर्मचारीमा भाइरसको संक्रमण देखिएको थियो । उक्त तीन कर्मचारीमा शुरुमा कुनै संकेत देखिएको थिएन । मासाचुएट्समा कसरी यो भाइरस फैलियो भन्नेबारे आफूहरु अनुसन्धानको क्रममा रहेको मासाचुएट्सको सार्वजनिक स्वास्थ्य विभागकी प्रवक्ता एन स्केल्सले जानकारी दिइन् ।

    अन्तर्राष्ट्रिय अध्ययन

    अन्तर्राष्ट्रिय रुपमा पनि यो भाइरसको प्रकोप कुनै लक्षण नदेखिएका वा निकै कम मात्र लक्षण देखिएका मानिसबाट फैलिएको पाइएको छ । गत मंगलबार इजरायलबाट आएका २४ जना मानिसमध्ये जर्मनीमा सात जनामा भाइरसको संक्रमण पाइएको थियो । तीमध्ये पनि चारजनामा भाइरसको कुनै लक्षण थिएन । मानिसको श्वासप्रश्वासको कारणबाट नै यो भाइरस सर्न सक्छ ।

    त्यस्तै फेब्रुअरी १८ मा चीनको वुहानबाट आएका दुईजनामा जर्मनीमा कोरोना भाइरस भएको पुष्टि भएको थियो । गत आइतबार सार्वजनिक भएको एक अध्ययनले सिंगापुरमा ९१ जनामा गरिएको अध्ययनमा ४८ देखि ६६ प्रतिशतमा यो भाइरस कुनै लक्षण नदेखिएका मानिसबाट फैलिएको थियो । चीनको तियान्जिङमा पनि ६२ देखि ७७ प्रतिशतमा यो भाइरस भाइरसको लक्षण नदेखिएका संक्रमितबाट नै फैलिएको पाइएको थियो ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको नृसिंह माविमा १२ कोठे भवनको शिलन्याश
  • लोसपा र लोक दलबीच पार्टी एकता हुँदै
  • पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए
  • वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको नृसिंह माविमा १२ कोठे भवनको शिलन्याश

    लोसपा र लोक दलबीच पार्टी एकता हुँदै

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त

    वीरगंजका मेयरले गलत काम गरेमा कान समातेर सहि बाटोमा ल्याउने जिम्मा वीरगन्जवासीको रहेको बताए

    वीरगंजमा विद्यार्थीसँग मनोमानी शुल्क असुलेको भन्दै महानगरका अभिभावकहरुले विरोध जनाए

    छिमेकी मुलुक भारतको दार्जीलिङसँग सीमा जोडिएका नेपालका नाका सिल

    सरकारद्वारा पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घटाउने निर्णय

    निर्वाचन आयोगले तोक्यो प्रतिनिधिसभा निर्वाचन हुने मिति

    वीरगन्जको नृसिंह माविमा १२ कोठे भवनको शिलन्याश

    लोसपा र लोक दलबीच पार्टी एकता हुँदै

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    वीरगन्जको नृसिंह माविमा १२ कोठे भवनको शिलन्याश

    News

    लोसपा र लोक दलबीच पार्टी एकता हुँदै

    News

    पर्साको ठोरीमा बाघले फेरि आतंक मच्चाए

    News

    वीरगंजका मेयरले गरेको वाचा अनुसार,अख्तियारले रोकेको घण्टाघरको सडक कालोपत्रेको काम फेरि शुरु

    News

    वीरगन्ज महानगरपालिकाका उपमेयरको स्वकीय सचिवमा शेष हजार र प्रेस सल्लाहकारमा महम्मद सद्धाब मलिक नियुक्त


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑