सिरहा | सिरहाको लहानमा मृत अवस्थामा किशोरीको शव फेला परेको छ । उदयपुरको उदयपुरगढी ७ घर भई हाल लहान ४ को बीरेन्द्र झाको घरमा डेरागरी बस्ने अन्दाजी २३ वर्षीया चन्द्रीका भन्ने तिर्थकुमारी कार्की मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
होलीकै दिनदेखि अत्यधि मदिरा सेवन गर्दै आएका उनी बेहोस भएपछि उपचारको लागि लहान अस्पताल लग्ने क्रममा मृत्यु भएकोसँगै बस्ने संगीता मगरले जानकारी दिए । उनका चन्द्रीकाले ३-४ दिनदेखि अत्यधिक मदिरा पिइरहेकी थिइन् । बेहोस भएपछि उनलाई अस्पताल लगेपनि अस्पताल पुग्दा मृत घौषणा गरिएको मगरको भनाइ छ ।
प्रहरीले भने मृत्युको कारण अहिले नै बताउन नसक्ने जनाएको छ । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी सरतकुमार थापा क्षेत्रीका अनुसार अहिले नै मृत्यु कारण बताउन नसक्ने र पोष्टमार्टम भर्खर भएको कारण रिपोर्ट आएपछि मात्र मृत्यु हुनुको कारण पत्ता लाग्ने छ ।
चन्द्रीकाले डेढ वर्षअघि संगीताका भाई नवीन थापा मगरसँग प्रेम बिवाह गरेकी थिइन् । विवाहको केही दिनलगत्तै नविन रोजगारीको लागि कत्तार गएका थिए ।संगीता र वुहारी चन्द्रिका लहानस्थित जेएस मुराराका बहुमुखि क्याम्पसमा स्नातक पढ्नै लहानकै निजी विद्यालयमा शिक्षण गर्दै आएको बताइन्छ ।