राष्ट्रिय संकटसँग जुध्न अमेरिकामा राष्ट्रिय संकटकालसम्बन्धी ऐन छ । यसले सामान्य राजनीतिक प्रकृया छलेर बजेट विनियोजन गर्न पाउने विशेष अधिकार दिन्छ ।अमेरिकाका विभिन्न राज्यमा कोरोना भाइरसको संक्रमण फैलिएपछि यससँग जुध्न संकटकाल घोषणा गरिएको हो । विश्व स्वास्थ्य संगठनका अनुसार, अमेरिकामा १ हजार २६४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने ३६ जनाको मृत्यु भएको छ